काठमाडौं– विश्व नम्बर एक महिला टेनिस खेलाडी इगा स्विटेकले अर्को साताबाट सुरु हुने ग्रास कोर्ट प्रतियोगिता गुमाउने भएकी छन्।
काँधमा समस्याका कारण उनले प्रतियोगिता गुमाउने भएकी हुन्। गत शुक्रबार उनले विम्बल्डनअघि आराम गर्नुपर्ने बताएकी थिइन्।
पूर्व नम्बर एक नाओमी ओसाकाले स्विटेकभन्दा अगाडि प्रतियोगिताबाट नाम फिर्ता लिएकी थिइन्। उनले भर्खरै दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्।
स्विटेकले ट्वीटरमा लेखेकी छन्,‘बारम्बार काँधमा समस्या सामना गरिरहेकी छु। म विम्बल्डनका लागि स्फूर्ति र आराममा ध्यान दिनेछु।’ २१ वर्षीय स्विटेक लगातार ३५ खेलमा अपराजित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।