काठमाडौं– खेलको क्रममा अचेत भएर ढलेका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई अस्पताल लगिएको छ।
एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले घरेलु टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहँदा उनी टेक्निकल एरियामा अचेत भएर ढलेका थिए।
टेक्निकल एरियामा नै प्राथमिक उपचार गरेपछि उनलाई अस्पताल लगिएको हो। पहिलेबाटै मुटुमा समस्या रहेको भनिए पनि उनी के कारणले अचेत भएर ढलेका हुन भन्नेबारे खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।