काठमाडाैं-एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतविरुद्धको दोस्रो खेलका लागि नेपालको सुरुआती ११ घोषणा भएको छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीमा कुनै परिवर्तन गरेका छैनन्।
उनले जोर्डनविरुद्धको खेलमा उच्च प्रदर्शन गरेका गोलरक्षक दीप कार्कीलाई निरन्तरता दिएका छन्।
यस्तै, डिफेन्समा गौतम श्रेष्ठ, विकास तामाङ र विकास खवास रहेका छन्।
मिडफिल्डमा सेसेहाङ आङ्देम्वे र पुजन उपरकोटी रहेका छन्। फरवार्डमा कप्तान नवयुग श्रेष्ठसँगै आयुष घलान, मनिष डाँगी र सुरज ज्यू ठकुरी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।