तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीय यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।
शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव शनिबार बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।
बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।