काठमाडौं– काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ।
भूकम्पको धक्का ठूलै भएकाले मानिसहरु घर बाहिर निस्किनुका साथै हल्लाखल्ला मच्चिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।