काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जरको प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ। इन्भेस्टमेन्टका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाण्डे र मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाहबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
मर्जर भएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गर्ने शुक्रबार जारी संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहनेछ भने सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योतिप्रकाश पाण्डे रहेन सहमति भएको छ।
हाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १८.३१ अर्ब तथा मेगा बैंकको १६.१२ अर्ब रहेकोमा मर्जपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब भई सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।