• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘मु्लुक अझै अन्धकार छ, भारतलाई बिजुली बेच्दा खुसी हुने कि दुःखी हुने सरकार?’

ईश्वर बराल शुक्रबार, जेठ २७, २०७९  २०:२१
1140x725

काठमाडौं–सांसदहरुले ऊर्जा निर्यातभन्दा मुलुकभित्रै खपतमा जोड दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसदहरूले ऊर्जाका ठूला परियोजनामा निर्माणमा पनि जोड दिए। 

एमाले सांसद गोकर्ण बिष्टले ठूला जलासययुक्त आयोजनामा सरकारले आफैं लगानी गरेर मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउन माग गरे। भारतबाट बिजुली आयात गरेर सधैं निर्वाह नहुने उनको भनाइ छ। 

‘लामो समयसम्म वर्षा तथा सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्यकता पूरा गर्न जलासययुक्त आयोजना सरकार आफैंले बनाउनुपर्छ,’ उनले भने। 

उनले विद्युत उत्पादनको ११२ वर्षको इतिहासमा जम्मा २ हजार १७१ मेगावाट मात्र उत्पादन हुनु अनि अहिले बिजुली बेच्ने गफ गर्नुले कामभन्दा ज्यादा गफमात्र गर्ने थिति बसेको उल्लेख गर्दै भने, ‘कतै विकासको गफ गर्दागर्दैै हामी समाप्त हुनेवाला त छैनौं?’

पूर्व ऊर्जामन्त्री समेत रहेका बिष्टले पश्चिम सेती र बूढीगण्डकीजस्ता ठूला आयोजना अलपत्र बनेको भन्दै सरकारले आफैं निर्माण गर्नका लागि अग्रसर हुनुपर्ने बताए। ‘बाह्र वर्ष अगाडि मैले पश्चिम सेती विदेशी कम्पनीको हातबाट सरकारको हातमा ल्याएको थिएँ। तर, यो बीचमा जुन ढंगले अगाडि बढ्नुपर्ने हो, त्यो अहिले बेवारिसे अवस्थामा छ,’ उनले प्रश्न गरे, ‘कतै यसका पछाडि अवाञ्छित तत्व त जोडिएको छैन?’

जलासययुक्त आयाेजनामा जाेड

एमालेकै शेरबहादुर तामाङले विद्युत विकासमा सरकारले  योजनाबद्ध लगानी गर्नुपर्ने बताए। उनले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले यस्तो काम गर्न नसक्ने हो भने खर्च आवश्यक नहुने भन्दै एक रुपैयाँ बनाउन माग गरे। नेपालले राम्रोसँग ऊर्जा विकास गर्न सकेमा सबै नेपालीलाई घरायसी प्रयोजनका लागि विद्युत निःशुल्क दिन सकिने उनको दाबी छ।

उनले ठूला जलासययुक्त आयोजनामा पनि जोड दिए। ‘जलासययुक्त आयोजना निर्माण गर्नेमा सरकार लाग्नु पर्छ। यसले कुनै पनि समयमा विद्युत उत्पादन गरेर भारतमा बिक्री गरी देश विकास गर्न सकिन्छ’ उनले भने,‘अब विद्युत विकासका लागि विस्तृत योजना बनाएर विदेशी लगानी पनि भित्राउनु पर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

हरेक विद्युत गृहमा जनताको लगानी सुनिश्चिता गर्ने काम हुन सकेमा नेपालीहरुको स्वामित्व र लगानी बढ्दै जाने पनि उनले बताए। 

'ऊर्जा उत्पादन आन्तरिक खपतमुखी हुनुपर्छ'

माओवादी केन्द्रकी सांसद यशोदा गुरूङ सुवेदीले ऊर्जालाई आर्थिक समृद्धिको एक आधार मानिएकाले ऊर्जा उत्पादन र वितरण निर्यातमुखी नभएर आन्तरिक खपतमुखी हुनुपर्ने बताइन्। ऊर्जालाई यातायातमा जोड्न सके आन्तरिक खपतमा वृद्धि र इन्धन विस्थापित हुने उनको तर्क छ। 

उनले भारतबाट आयात गरेर निर्वाह भएको अवस्थामा विद्युत बेचेर समृद्ध हुने विषय दिवास्वप्नमात्र हुन सक्ने बताइन्। ‘ऊर्जा बेचेर नेपाललाई समृद्ध बनाउने कुरा दिवास्वप्नमात्रै हुन सक्छ। नेपालको ऊर्जामा भारतको एकाधिकार छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा नेपाललाई समृद्ध बनाउन ऊर्जा क्षेत्रबाट भारतको रूझान हटाउनु पर्छ।’

Xtrem

Xtrem

जनता समाजवादी पार्टी (जसपा) की सांसद लीलादेवी सिटौलाले इन्धन विस्थापन गर्ने गरी ऊर्जा उत्पादन भए नेपाल धनी हुने बताइन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्णले जलस्रोतको धनी देश रहेका नेपालले ऊर्जा उत्पादन गरेर भारतलाई बेच्नुको विकल्प नरहेको बताए। 

‘हामी जलस्रोतमा धनी छौं। उत्पादित विद्युत भारतमा नबेचेर चीन, अमेरिका, युरोपमा पुर्‍याउने हो?’ उनले भने, ‘सलाईको बट्टामा राखेर अन्यत्र लान सकिन्न।’ 

विकल्प इन्धन विस्थापन

कांग्रेस सांसद  मीनबहादुर विश्वकर्माले इन्धनको विस्थापन नगरी देशको अर्थतन्त्र सुदृढ नहुने बताए। ‘इन्धनलाई प्रतिस्थापन नगरुन्जेलसम्म हाम्रो अर्थतन्त्र सृदृढ गर्न सकिँदैन’ उनले भने,‘वैदेशीक व्यापार घाटामा पनि सुधार हुन सक्दैन। त्यसैले ऊर्जामै लगानी गर्नु पर्ने हुन्छ।’ त्यसका लागि उत्पादन र वितरणमा न्यायोचित ध्यान दिनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेसकी सांसद प्रमिला राईले बजेटमा विद्युतीय चुह्लोे दिने भने पनि देशका नागरिक अझै अन्धकारमा बस्न बाध्य रहेको बताइन्। उनले सरकारले अघि सारेको दुई वर्षभित्र देशभरि विद्युत पुर्‍याउने घोषणाप्रति व्यंग गर्दै भनिन्,‘बजेट वक्तव्यमा विद्युतीय चुह्लो र दुई वर्षभित्र विद्युत  पुर्‍याउँछु र निर्यात गर्छु भनेको छ सरकारले, तर जलस्रोतको धनी हाम्रो देशका दूरदराजका नागरिक अन्धकारमा बस्न बाध्य छन्।’

पूर्वमन्त्री तथा माओवादीका गिरिराजमणि पोखरेलले यो वर्षको बजेटमा आएका कार्यक्रम हरू पुरा हुन सके देशमा ९५ प्रतिशत विद्युतिकरण भइसक्ने विश्वास व्यक्त गरे। भारतसँग निर्यातमा सन्तुलन नहुने भएकाले देशभित्रै खपतमा जोड दिनु पर्ने उनको पनि भनाइ छ। यसका लागि अनुदान र सहुलियत दिनुपर्नेमा उनले बताए। 

‘हामीले भारतसँग विद्युत व्यापार गरेर अघि बढ्न खोजिरहेका छौं। भारतले वर्षायामम विद्युत किन्दैन वा शर्त अप्ठ्यारा राख्छ’ उनले भने,‘घरेलु खपतलाई नै बढाउने गरी कार्यक्रमहरू राख्नु पर्छ। किसान तथा उद्योगलाई अनुदान र घरायसी प्रयोगमा पूर्ण सहुलियत दिनुपर्छ।’

कर्णालीका दु:ख

एमाले सांसद राजबहादुर बुढाले सरकारले विद्युत बेचेर दैनिक सात करोड कमाउने समाचारले पहाड, हिमाल, सुदूर र कर्णालीका नागरिक खुसी हुने कि दुःखी हुने भन्दै सरकारलाई प्रश्न गरे। अझै मुलुकका पहाडी, हिमाली, सुदूर र कर्णालीका नागरिक अन्धकारमा रहेकाले विद्युत निर्यातभन्दा पनि आन्तरिक विस्तारमा जोड दिन उनले माग गरे। 

कर्णाली प्रदेशबाटै प्रतिनिधित्व गर्ने माओवादी सांसद गजेन्द्रबहादुर महतले आफ्नो प्रदेशमा विद्युत प्रसारण कार्य एकदम सुस्त रहे पनि सरकार भारतलाई बेचेर पैसा कमाउन लागेकोमा दुःख व्यक्त गरे। उनले प्रश्न गर्दै भने,‘बल्ल–बल्ल योजनामा पर्छ, कहिल्यै तार पुग्दैन, कहिले पोल पुग्दैन, यस्तो पाराले कर्णाली कहिले उज्यालो हुने हो सरकार?’


 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्