• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘मु्लुक अझै अन्धकार छ, भारतलाई बिजुली बेच्दा खुसी हुने कि दुःखी हुने सरकार?’

ईश्वर बराल शुक्रबार, जेठ २७, २०७९  २०:२१
1140x725

काठमाडौं–सांसदहरुले ऊर्जा निर्यातभन्दा मुलुकभित्रै खपतमा जोड दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसदहरूले ऊर्जाका ठूला परियोजनामा निर्माणमा पनि जोड दिए। 

एमाले सांसद गोकर्ण बिष्टले ठूला जलासययुक्त आयोजनामा सरकारले आफैं लगानी गरेर मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउन माग गरे। भारतबाट बिजुली आयात गरेर सधैं निर्वाह नहुने उनको भनाइ छ। 

‘लामो समयसम्म वर्षा तथा सुक्खायाममा बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले बिजुलीको आवश्यकता पूरा गर्न जलासययुक्त आयोजना सरकार आफैंले बनाउनुपर्छ,’ उनले भने। 

उनले विद्युत उत्पादनको ११२ वर्षको इतिहासमा जम्मा २ हजार १७१ मेगावाट मात्र उत्पादन हुनु अनि अहिले बिजुली बेच्ने गफ गर्नुले कामभन्दा ज्यादा गफमात्र गर्ने थिति बसेको उल्लेख गर्दै भने, ‘कतै विकासको गफ गर्दागर्दैै हामी समाप्त हुनेवाला त छैनौं?’

पूर्व ऊर्जामन्त्री समेत रहेका बिष्टले पश्चिम सेती र बूढीगण्डकीजस्ता ठूला आयोजना अलपत्र बनेको भन्दै सरकारले आफैं निर्माण गर्नका लागि अग्रसर हुनुपर्ने बताए। ‘बाह्र वर्ष अगाडि मैले पश्चिम सेती विदेशी कम्पनीको हातबाट सरकारको हातमा ल्याएको थिएँ। तर, यो बीचमा जुन ढंगले अगाडि बढ्नुपर्ने हो, त्यो अहिले बेवारिसे अवस्थामा छ,’ उनले प्रश्न गरे, ‘कतै यसका पछाडि अवाञ्छित तत्व त जोडिएको छैन?’

जलासययुक्त आयाेजनामा जाेड

एमालेकै शेरबहादुर तामाङले विद्युत विकासमा सरकारले  योजनाबद्ध लगानी गर्नुपर्ने बताए। उनले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले यस्तो काम गर्न नसक्ने हो भने खर्च आवश्यक नहुने भन्दै एक रुपैयाँ बनाउन माग गरे। नेपालले राम्रोसँग ऊर्जा विकास गर्न सकेमा सबै नेपालीलाई घरायसी प्रयोजनका लागि विद्युत निःशुल्क दिन सकिने उनको दाबी छ।

उनले ठूला जलासययुक्त आयोजनामा पनि जोड दिए। ‘जलासययुक्त आयोजना निर्माण गर्नेमा सरकार लाग्नु पर्छ। यसले कुनै पनि समयमा विद्युत उत्पादन गरेर भारतमा बिक्री गरी देश विकास गर्न सकिन्छ’ उनले भने,‘अब विद्युत विकासका लागि विस्तृत योजना बनाएर विदेशी लगानी पनि भित्राउनु पर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

हरेक विद्युत गृहमा जनताको लगानी सुनिश्चिता गर्ने काम हुन सकेमा नेपालीहरुको स्वामित्व र लगानी बढ्दै जाने पनि उनले बताए। 

'ऊर्जा उत्पादन आन्तरिक खपतमुखी हुनुपर्छ'

माओवादी केन्द्रकी सांसद यशोदा गुरूङ सुवेदीले ऊर्जालाई आर्थिक समृद्धिको एक आधार मानिएकाले ऊर्जा उत्पादन र वितरण निर्यातमुखी नभएर आन्तरिक खपतमुखी हुनुपर्ने बताइन्। ऊर्जालाई यातायातमा जोड्न सके आन्तरिक खपतमा वृद्धि र इन्धन विस्थापित हुने उनको तर्क छ। 

उनले भारतबाट आयात गरेर निर्वाह भएको अवस्थामा विद्युत बेचेर समृद्ध हुने विषय दिवास्वप्नमात्र हुन सक्ने बताइन्। ‘ऊर्जा बेचेर नेपाललाई समृद्ध बनाउने कुरा दिवास्वप्नमात्रै हुन सक्छ। नेपालको ऊर्जामा भारतको एकाधिकार छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा नेपाललाई समृद्ध बनाउन ऊर्जा क्षेत्रबाट भारतको रूझान हटाउनु पर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनता समाजवादी पार्टी (जसपा) की सांसद लीलादेवी सिटौलाले इन्धन विस्थापन गर्ने गरी ऊर्जा उत्पादन भए नेपाल धनी हुने बताइन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद लक्ष्मणलाल कर्णले जलस्रोतको धनी देश रहेका नेपालले ऊर्जा उत्पादन गरेर भारतलाई बेच्नुको विकल्प नरहेको बताए। 

‘हामी जलस्रोतमा धनी छौं। उत्पादित विद्युत भारतमा नबेचेर चीन, अमेरिका, युरोपमा पुर्‍याउने हो?’ उनले भने, ‘सलाईको बट्टामा राखेर अन्यत्र लान सकिन्न।’ 

विकल्प इन्धन विस्थापन

कांग्रेस सांसद  मीनबहादुर विश्वकर्माले इन्धनको विस्थापन नगरी देशको अर्थतन्त्र सुदृढ नहुने बताए। ‘इन्धनलाई प्रतिस्थापन नगरुन्जेलसम्म हाम्रो अर्थतन्त्र सृदृढ गर्न सकिँदैन’ उनले भने,‘वैदेशीक व्यापार घाटामा पनि सुधार हुन सक्दैन। त्यसैले ऊर्जामै लगानी गर्नु पर्ने हुन्छ।’ त्यसका लागि उत्पादन र वितरणमा न्यायोचित ध्यान दिनुपर्ने उनको भनाइ छ।

नेपाली कांग्रेसकी सांसद प्रमिला राईले बजेटमा विद्युतीय चुह्लोे दिने भने पनि देशका नागरिक अझै अन्धकारमा बस्न बाध्य रहेको बताइन्। उनले सरकारले अघि सारेको दुई वर्षभित्र देशभरि विद्युत पुर्‍याउने घोषणाप्रति व्यंग गर्दै भनिन्,‘बजेट वक्तव्यमा विद्युतीय चुह्लो र दुई वर्षभित्र विद्युत  पुर्‍याउँछु र निर्यात गर्छु भनेको छ सरकारले, तर जलस्रोतको धनी हाम्रो देशका दूरदराजका नागरिक अन्धकारमा बस्न बाध्य छन्।’

पूर्वमन्त्री तथा माओवादीका गिरिराजमणि पोखरेलले यो वर्षको बजेटमा आएका कार्यक्रम हरू पुरा हुन सके देशमा ९५ प्रतिशत विद्युतिकरण भइसक्ने विश्वास व्यक्त गरे। भारतसँग निर्यातमा सन्तुलन नहुने भएकाले देशभित्रै खपतमा जोड दिनु पर्ने उनको पनि भनाइ छ। यसका लागि अनुदान र सहुलियत दिनुपर्नेमा उनले बताए। 

‘हामीले भारतसँग विद्युत व्यापार गरेर अघि बढ्न खोजिरहेका छौं। भारतले वर्षायामम विद्युत किन्दैन वा शर्त अप्ठ्यारा राख्छ’ उनले भने,‘घरेलु खपतलाई नै बढाउने गरी कार्यक्रमहरू राख्नु पर्छ। किसान तथा उद्योगलाई अनुदान र घरायसी प्रयोगमा पूर्ण सहुलियत दिनुपर्छ।’

कर्णालीका दु:ख

एमाले सांसद राजबहादुर बुढाले सरकारले विद्युत बेचेर दैनिक सात करोड कमाउने समाचारले पहाड, हिमाल, सुदूर र कर्णालीका नागरिक खुसी हुने कि दुःखी हुने भन्दै सरकारलाई प्रश्न गरे। अझै मुलुकका पहाडी, हिमाली, सुदूर र कर्णालीका नागरिक अन्धकारमा रहेकाले विद्युत निर्यातभन्दा पनि आन्तरिक विस्तारमा जोड दिन उनले माग गरे। 

कर्णाली प्रदेशबाटै प्रतिनिधित्व गर्ने माओवादी सांसद गजेन्द्रबहादुर महतले आफ्नो प्रदेशमा विद्युत प्रसारण कार्य एकदम सुस्त रहे पनि सरकार भारतलाई बेचेर पैसा कमाउन लागेकोमा दुःख व्यक्त गरे। उनले प्रश्न गर्दै भने,‘बल्ल–बल्ल योजनामा पर्छ, कहिल्यै तार पुग्दैन, कहिले पोल पुग्दैन, यस्तो पाराले कर्णाली कहिले उज्यालो हुने हो सरकार?’


 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड
सुनको मूल्य बढ्यो
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ । बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रय... बिहीबार, कात्तिक १२, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौति... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढी श्रमिकले दिए उजुरी बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्