• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुधारिएन तरलता अभावको समस्या

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २७, २०७९  १७:४८
1140x725

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो त्रैमासदेखि बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या आर्थिक वर्षको अन्त्यसम्ममा पनि यथावत नै देखिएको छ। नेपाल बैंकर संघका कार्यकारी अधिकृत अनिल शर्मा यो समस्या आगामी आर्थिक वर्षमा पनि समाधान हुन नसक्ने बताउँछन्। 

पछिल्लो समय बैकिङ क्षेत्रमा देखिएको तरलताको समस्या चर्चामा नआए पनि सुधार भइनसकेको उनको भनाइ छ। उनले भने, ‘एउटै कुरा गर्दा–गर्दा पुरानो भएर होला कि, अहिले तरलता अभावको कुरै उठ्दैन। तर, समस्या यथावत नै छ।’

उनका अनुसार असार मसान्तसम्म केही सहज हुने देखिए पनि अर्को वर्ष फेरि उही समस्या दोहोरिने देखिन्छ। मौद्रिक नीतिमार्फत् केही सुधार गर्न सके तरलता अभावको समस्या केही हदसम्म समाधान हुने उनको भनाइ छ। 

यस्तै, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत प्रकाशराज शर्माका अनुसार लघुवित्त क्षेत्र अहिले ऋण दिनै नसक्ने अवस्थामा पुगेको छ।

तरलता अभावका कारण लघुवित्त क्षेत्र गम्भीर समस्यामा परेको र कर्जा दिन नसक्ने अवस्था आइपरेको उनको भनाइ छ। ‘तरलता अथावकै कारण बजारमा माग भएजति पैसा आपूर्ति भएको छैन। यस्तो अवस्थामा उद्योगी व्यवसायीले व्यवसाय गर्न तथा उद्योगमा लगानी गर्न पर्याप्त पैसा पाउँदैनन्। जस कारण बैंक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याजदर बढ्ने देखिन्छ।’ 

देशको वर्तमान आर्थिक अवस्था

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ। यसैगरी चालू आवको दश महिनामा आयात २८.० प्रतिशतले, निर्यात ५९.८ प्रतिशतले र कूल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको भन्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.२ प्रतिशतले बढेको र अमेरिकी डलरमा १.६ प्रतिशतले घटेको छ। यसैगरी चालू आवको १० महिनाको सोधान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ। 

nimb
nimb

कूल विदेशी विनिमय सञ्चिती ९ अर्ब २८ करोड अमेरिकी डलर रहेको छ। संघीय सरकारको खर्च ९०८ अर्ब ८६ करोड र राजस्व परिचालन ८६५ अर्ब ७० करोड रहेको छ। विस्तृत मुद्राप्रदाय ३.८ प्रतिशतले बढेको छ। 

वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले  बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १६.६ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। 

कर्जा निक्षेप अनुपात 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरूको कर्जा तथा श्रोत परिचालन अनुपात खारेज गरेर सिडी रेसियो (कर्जा निक्षेप अनुपात) कायम गरेको छ।  

मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सिडी रेसियो चालू आवको अन्त्य (असार मसान्त)सम्म ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ। हाल समग्र बैकिङ क्षेत्रको यस्तो रेसियो ८९.९८ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। 

समग्र बैकिङ क्षेत्रको सिडी रेसियो ९० प्रतिशतभन्दा तल आएको भए पनि बैंक अनुसार भने सोमबारसम्म १७ वाणिज्य बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको नेपाल राष्ट्रका सह प्रवक्ता नारायणप्रसाद पोखरेलले बताएका छन्। आगामी आर्थिक वर्षभित्र बैंक तथा वित्तीय संस्थाले यस्तो रेसियो ९० प्रतिशत भित्र राखिसक्नुपर्ने पोखरेल बताउँछन्। 
 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिटीको सानदार जित
बाढी–पहिरोले सडक सञ्जाल प्रभावित, मुख्य राजमार्गमा राति आवागमन बन्द
भोटेकोशी बाढीमा ६ सय १६ जनाको शव फेला
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा... शनिबार, भदौ १३, २०८३
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले उक्त सहयोगको घोषणा गरिएको हो। शनिबार, भदौ १३, २०८३
युरोपेली आयोगद्वारा नेपाललाई २० लाख यूरो मानवीय सहायता घोषणा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि तत्काल २० लाख युरो मानव... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
सिटीको सानदार जित शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोले सडक सञ्जाल प्रभावित, मुख्य राजमार्गमा राति आवागमन बन्द शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीमा ६ सय १६ जनाको शव फेला शनिबार, भदौ १३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, भदौ १३, २०८३
जितसहित सुखद् अन्त्य गर्ने लक्ष्य शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्