काठमाडौं– सिनेमा हलमा नराम्रोसँग फ्लप भएको फिल्म ‘डाँडाको वरपिपल’माथि निर्देशक सोभित बस्नेतले सिक्वेल बनाउने भएका छन्। बस्नेतले सामाजिक सञ्जालमार्फत फिल्मको घोषणा गरेका छन्।
गत वर्ष असोज २३ गते फिल्म हलमा रिलिज भएको ‘डाँडाको वरपिपल’ हलमा केही दिन पनि चल्न सकेको थिएन। सलोन बस्नेत, शिव श्रेष्ठ, भुवन केसी, रुविना थापा, गौरी मल्ल लगायतका कलाकार रहेको फिल्म केही दिनमै हलबाट बाहिरिनु परेको थियो।
तर, फ्लप भएको फिल्ममाथि पनि निर्देशक बस्नेतले सिक्वेल बनाउने भएका छन्। युट्युबमा फिल्म सार्वजनिक हुँदा सकरात्मक प्रतिक्रिया र राम्रो संख्यामा दर्शक पाएकाले उनले सिक्वेल बनाउन लागेको बताएका छन्।
सिक्वेलमा को को कलाकार हुनेछन् र छायांकनमा कहिलेबाट जानेछ भन्ने बारेमा थप जानकारी आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।