काठमाडौं– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
राति सवा ११ बजे राजमार्गमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यस्तै, इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पनि पहिरो खसेका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।