काठमाडौं– राधा पौडेल कृत मदन पुरस्कार बिजेता पुस्तक ‘खलंगामा हमला’ माथि फिल्म बन्ने भएको छ। मंगलबार पौडेल कृत पुस्तकमाथि आधारित फिल्म ‘खलंगामा हमलाः जुम्ला अ नर्स स्टोरी’को घोषणा भएको हो।
फिल्मलाई बिनोद बिस्टले निर्देशन गर्दैछन्। यसअघि उनले झमक घिमिरे कृत पुस्तक ‘जीवन काँडा कि फुल’ माथि आधारित फिल्म बनाएका थिए। उक्त फिल्मले व्यवसायिक रूपमा सफलता नपाए पनि समिक्षकले भने राम्रै प्रतिक्रिया दिएका थिए।
‘पुस्तक अध्ययन गर्दा खलंगामा हमला मन पर्यो,’ निर्देशक बिष्टले भने, ‘किताबमा धेरैले अप्रोच गरेका छन्, विदेशी र नेपाली दुवैले। मैले चाहिँ यसमाथि फिल्म बनाउने निर्णय गरेको छु।’
बिष्टले खलंगामा त्यो बेला भएको घटनाबारे पुस्तकले सचित्र वर्णन गरेकाले सिनेमामा पनि उतार्दा यथार्थ चित्रण हुने बताए।
त्यस्तै, पुस्तककी लेखक राधा पौडेलले आफ्नो पुस्तक नयाँ माध्यमबाट स्रोता र दर्शकमाझमा पुर्याउने औपचारिकता पूरा भएको बताइन्।
हाल फिल्मको निम्ति सुरुवाती काम भइरहेकाले केही समयपछि कास्ट र छायांकनमा जाने निर्देशक बिस्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।