काठमाडौं- नेपालगन्ज, चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ।
एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ई-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरू भएको ई-अपोइन्टमेन्ट प्लेटफर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो। योसँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि ई-सेवा मोबाइल एप्लिकेशन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ।
अनलाइन अपोइन्टमेन्ट प्लेटफर्मसँगै अपोइन्टमेन्ट बुकिङ र डाक्टरसँग भेट्न सजिलो बनाइएको छ। ई-सेवा मोबाइल वालेट एप भित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिती बुक गर्न र डिजिटलमार्फत तत्काल भुक्तानी गर्न सजिलो हुन्छ।
अपोइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीहरूको लागि समयको राम्रो संगठन, नियमित बिरामीहरूको राम्रो फलोअप, कम लाइन र कम पर्खाइको समय हुनेछ। जसले अस्पतालमा र स्वास्थ्य संस्थाहरूमा हालको कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमहरूलाई पनि कम गर्छ।
कोजेन्ट हेल्थ र ई-सेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ।
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ।
कोजेन्ट हेल्थ र ई-सेवाद्धारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपालको सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।