complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सर्वत्र आलोचनापछि इम्बोस्ड नम्बरको निर्णयबाट पछि हट्यो सरकार

विभाग भन्छ–मंसिर १ गतेपछि दर्ता भएकामा मात्रै अनिवार्य हो
64x64
नेपाल लाइभ मंगलबार, जेठ २४, २०७९  १६:१८
1140x725

काठमाडौं– सरकारले अनिवार्य रूपमा लागू गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट सम्बन्धी निर्णयबाट पछि हटेको छ। 

संसद्‌देखि सडकसम्म आलोचना भएपछि सरकारले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारी साधनहरूमा मात्र इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको छ। 

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

त्यस्तै यातायात कार्यालयहरूले पनि हात उठाउन थालेका छन्। पोखरास्थित यातायात व्यवस्था कार्यालयले मंगलबार एक सूचना जारी गर्दै नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने भनेको छ।

No description available.

‘विभागले २०७९ जेठ २० गते प्रकाशति सूचनाबाट आम सेवाग्राहीमा पर्न गएको द्धुविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति यातायात व्यवस्था विभाग क्षमायाचना गर्दछ,’ विभागको विज्ञप्तिमा भनिएको छ, ‘श्रावण १ गतेदेखि देशका सडकमा गुड्ने सबै सवारी साधनमा इम्वोस्ड प्लेट जडान हुनुपर्छ भन्ने आसय विभागको होइन।’
 
सरकारबाट २०७८ कार्तिक २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाको परिपुरक सूचना भएको भन्दै विभागले ४० दिनमा नेपालमा हाल दर्ता कायम रहेका सबै साधनमा त परै जावास् अहिलेकै गतिमा नम्बर प्लेट जडान हुने हो भने सम्झौता बमोजिम परियोजनाले जडान गर्नुपर्ने २५ लाख सवारी साधनको केही प्रतिशत सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान हुने सक्ने बताएको छ।

‘ईम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय होइन र सिमित समयमा यो कार्य पूरा गर्नको लागि आगामी दिनमा यो कार्यको गति तीव्र हुन जरुरी भइसकेको छ,’ विभागको सूचनामा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट परियोजनाका कारण राज्यको दायित्व थपिँदै जाने तर त्यसले लक्षित उद्देश्य प्राप्त नहुने अवस्थामा जिम्मेवार निकाय र पदाधिकारीहरू गम्भीर हुनुपर्छ भन्नेमा विभाग सचेत रहेको छ।’
 
जेठ २० गतेको सूचनाबाट इम्बोस्ड नम्बर प्लेटका सम्बन्धमा केही अस्पुष्ठता सिर्जना भएको र संसद, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमासमेत बहस भएकाले थप स्पष्ट पारिएको विभागको सूचनामा उल्लेख छ।

यो पहिलो पटक २०७२ सालको बजेटबाट प्रवेश भएको भन्दै अहिले कार्यान्वयनको लागि ताकेता मात्र गरेको दावी गरेको छ।
 
‘२०७८/७/२२ को राजपत्रको सूचनापछि जुन गतिमा इम्बोस्ड नम्बर प्लेटहरू जडान हुनुपर्ने हो सो गतिमा नभएको र सवारी धनीहरूले इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई स्वेच्छिक जस्तो ठानी इम्बोस्ड नम्बर प्लेट जडानको लागि समयमै सम्बन्धित यातायात कार्यालयमा निवेदन नदिने गरेको पाइयो,’ विभागनको सूचनामा भनिएको छ, ‘सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूले पनि इम्बोस्ड नम्बर प्लेट जडानलाई गम्भिरतापूर्वक नलिई २०७८ मंसिर १ गते पछि नयाँ दर्ताका लागि आएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन उदासिनता देखाएको पाइयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

२०७८ फागुनपछि किनबेच भइ नामसारी गर्न आएका सवारी र २०७९ जेष्ठ १ गतेपछि नवीकरण गर्न आएका सवारी साधनमासमेत इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा उदासिनता देखाएकोले सोही कुरालाई मध्यनजर गर्दै विभागले पछिल्लो पटकको सूचनामा वागमती प्रदेश र गण्डकी प्रदेशको हकमा इम्बोस्ड नम्बर प्लेट जडानको लागि अनुरोध गरेको विभागको सूचनामा उल्लेख छ। 

‘राजपत्रको सूचना अनुसार स्वभाविक रुपमा जुन गतिमा इम्बोस्ड नम्बर प्लेट जडान हुने प्रक्षेपणका साथ विभागले इम्बोस्ड नम्बर प्लेटहरु तयार गरेको थियो,’ सूचनामा भनिएको छ, ‘त्यसअनुरुप जडान नहुँदा सम्झौता बमोजिम सेवा प्रदायकलाई भुक्तानी गर्नुपर्ने तर सवारीमा नम्बर प्लेट जडान नहुँदा परियोजनाको उद्देश्य पूरा नहुने र राज्यमाथि भविष्यमा ठूलो आर्थिक दायित्व सिर्जना हुने अवस्था विकास हुँदै गएको देखिन आयो।’
 
संसदबाट निर्माण भएका कानुन, अदालतका आदेश र अन्य प्रचलित कानुनको कार्यान्वयन गर्नु सार्वजनिक निकायको कर्तव्य भएको भन्दै विभागले यसका लागि आवश्यक पूर्वाधारको तयारी र योजना तयार गर्नुपर्ने विषयमा विभाग सचेत रहेको दावी गरिएको छ। 

‘उक्त सुचनाको आशय र उद्देश्य २०७९ श्रावणदेखि २०७८ कात्तिकमा प्रकाशित सूचना बमोजिम अनिवार्य रूपमा जडान गर्नुपर्ने भनिएका प्रकृतिका सवारी साधनमा त्यस्तो प्लेट जडान भए÷नभएको अनुगमन गरिने र अन्य सवारीको हकमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूले निर्धारण गरेको समय तालिका अनुसार लट अनुसार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै सम्झौताको बाँकी समयमा २५ लाख सवारीमा यस्ता प्लेट जडान गर्ने भन्ने नै हो,’ विभागका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘यस विषयमा थप आशंका र दुविधा नरहोस भनी विभाग अनुरोध गर्दछ। समयमा पर्याप्त सूचना संप्रेषण हुन नसकेकोमा विभाग पूनः क्षमायाचना गर्दछ।’

त्यस्तै यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने स्पष्ट पारेको छ। सेवाग्राहीको भिड थाम्न नसक्ने भएपछि विभागले एक सूचना जारी गर्दैे आफूहरुसँग सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्ति नभएको भन्दै सबैलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने स्पष्ट पारेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोखरास्थित यातायात व्यवस्था कार्यालयले नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने बताएको छ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज... बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँ... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्