काठमाडौं– काठमाडौंको कपनस्थित धोबीखोलामा एक पुरुषको शव भेटिएको छ।
सुकेधाराबाट कपन जानेबाटो नजिक खोला किनारमा नवनिर्मित ढलाने पुलमुनि पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार खोलामा घोप्टो परेको अवस्थामा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव फेला परेको हो। बिहान साढे ८ बजेतिर स्थानीयवासीले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए।
शवको सनाखत भइनसकेको छैन। अहिले हराएका व्यक्तिका परिवारका सदस्यहरू सम्पर्कमा आइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।