• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना?    

रमेश लम्साल/रासस मंगलबार, जेठ २४, २०७९  ०८:५२
1140x725

काठमाडौं– झण्डै ४० वर्षदेखि चर्चाको केन्द्रमा रहेको एउटा सपनाको परियोजना नितान्त नयाँ तरिकाले सिंहदरबार आसपासमा गर्माएको छ। आयोजना बन्ला र सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा होला भन्ने आशमा बसेका सेती किनारका कतिपयले त आश नै मारिसकेको सो परियोजना अब त बन्ला कि भन्ने आश पलाएर गएको छ।     
     
वर्षौँदेखि एउटै कुरा सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्य गरेजस्तै लाग्छ होला। निर्वाचनको समयमा अधिकांश राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पहिलोपटक २०४२ मा डोटीको ढुङ्गाड र तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका थिए।

त्यतिबेला उनले सेतीबाट बिजुली निकालिने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए।ढुङ्गाडलगायतका क्षेत्र डुबानमा पर्ने भएकाले त्यस क्षेत्रका जनतालाई अन्यत्र सारिने भएकाले विकासका काममा थप खर्च नहुने उनले बताएको जानकारहरूको भनाइ छ।     
     
आयोजना बन्ने आशमा  २०३६ देखि लामो प्रतीक्षा गरेका त्यस क्षेत्रका जनताले आयोजनाको नाममा विकास कस्तो हो भन्नेसमेत देख्न पाएका छैनन्। लामो समयदेखि स्थानीयवासीको मृगतृष्णा जस्तै बनेको आयोजना अब भने नयाँ ढङ्गले निर्माण हुने आशा पलाएको छ।     

कहिले फ्रान्सेली, कहिले अष्ट्रेलियन तथा कहिले चिनियाँ कम्पनीको होल्डमा परेको सो आयोजनालाई सरकारले लगानीको स्पष्ट खाकासहित निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको सोमबारको बैठकले मन्त्रिपरिषद्लाई निर्णयका लागि सिफारिस गरेको छ। बोर्डका अनुसार सो आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडले वार्ताद्वारा कार्यान्वयनका लागि आवेदन दिएको थियो।  

बोर्डको ४७औँ बैठकले पश्चिम सेती र सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार पार्ने प्रयोजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन सोमबारको बोर्ड बैठकमा पेश भएको थियो। समितिले आयोजनाका सम्बन्धमा पेश गरेको सिफारिससहितको प्रतिवेदन आवश्यकतानुसार कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिए।

कूल ७५० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको पनि लामै समय भयो। तर कहिले कुन कम्पनी, कहिले कुन कम्पनीको नाममा रहने, कुनै प्रगति नहुनेजस्ता व्यवधानका कारण आयोजना केवल सपनामात्रै बनेको तथ्य कोही कसैबाट छिपेको छैन। 

चार दशकसम्म पनि आयोजनाका बारेमा कुनै निष्कर्ष ननिस्कनुका पछाडि लगानीको टुङ्गो नलाग्नु नै प्रमुख कारणका रूपमा रहेको सरोकारवालाले अर्थ्याउँछन्। त्यस्तै निर्माण ढाँचाका बारेमा स्पष्ट निर्णय नहुनु, प्रसारण लाइन निर्माण तथा विस्थापितबारे उपयुक्त निर्णय नहुनु र उत्पादित बिजुलीको बजारका बारेमा कुनै यकिन नहुनु पनि त्यसपछिका सहायक कारण हुन्। २०७५ भदौमा चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिक्दै गर्दा पनि सोही कारण जनाएको थियो।   

आयोजनामा सम्बद्ध अधिकारीका अनुसार २०४६ भदौदेखि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउन लागिपरेको अष्ट्रेलियन कम्पनी स्मेक (स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन)ले २०४९ मा प्रतिवेदन बुझायो। निर्माण, स्वामित्व ग्रहण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा आयोजना निर्माण गर्ने भनेर स्मेकले गरेको सम्झौता कहिल्यै कार्यान्वयन भएन। आयोजना बनाउँछौँ भन्दाभन्दै स्मेकले १८ वर्षसम्म आयोजना होल्डमात्रै गर्‍यो।     

अति भएपछि सरकारले आयोजनाको स्वामित्व २०६८ मा आफैं लियो। स्मेकले उत्पादित बिजुली भारतलाई बिक्री गर्ने र उत्पादन सुरु भएको ३० वर्षपछि चालु हालतमा सरकारलाई फिर्ता गर्ने बताएको थियो। स्मेकले कामै नगरेपछि तत्कालीन ऊर्जामन्त्री गोकर्ण विष्टले आयोजना नेपाल सरकारको नाममा नै फिर्ता ल्याएका थिए।

nimb
nimb

नेपाली समाजमा एउटा उखान लोकप्रिय छ– त्यो हो तावाबाट उफ्रेको माछा भुङ्ग्रामा। पश्चिम सेतीका हकमा पनि त्यस्तै भयो। स्मेक बाहिरिएको केही समय बित्न नपाउँदै २०६८ मा चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लयुई इन्भेष्टमेन्ट कर्पोरेशनलाई दिइयो। चिनियाँ कम्पनी आफैंमा २२ हजार ५०० मेगावाट क्षमताको थ्री गर्जेज जलविद्युत् आयोजना नै निर्माण गरेको चिनियाँ कम्पनीले आयोजना अगाडि बढाउनेमा आम नेपाली ढुक्क थिए। 

चिनियाँ कम्पनीको ७५ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको २५ प्रतिशत बराबरको सेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको थियो। कूल एक खर्ब ८० अर्ब लागत रहने भनिएको सो आयोजनामा एक खर्ब ५० अर्ब वैदेशिक ऋणसमेत ल्याउने सहमति भएको थियो।

तोकिएअनुसार काम भएको भए गत वर्ष नै सो आयोजनाले बिजुली बालिसकेको हुने थियो। निर्माण अवधि सात वर्ष हुने भनिएको आयोजना भने त्यति समय नै चिनियाँ कम्पनीले होल्ड गरेर राख्यो। अन्त्यमा बिजुलीको बजार नभएको, पुनःबास तथा पुनःस्थापनाका विषयमा कुरा नमिलेको, प्रसारण लाइन निर्माण कसले गर्ने भन्नेबारेमा कुनै सहमति हुन नसकेकोजस्ता कारण देखाएर चिनियाँ कम्पनीले हात झिक्यो।  

२०७५ सम्म हरेक वर्ष सरकारले आयोजनाका लागि बजेटसमेत विनियोजन नै गर्ने गरेको थियो। त्यसपछि भने आयोजनाको उपयुक्त मोडालिटी तय गरेर निर्माण सुरु गर्ने भनिए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन। 

आयोजनाको पहिचान २०३६ मा भएको थियो। सुरुमा कूल ३७ मेगावाट क्षमताका सो आयोजना निर्माण गर्ने भनिएको थियो। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको फ्रान्स भ्रमणका क्रममा त्यहाँका कम्पनीलाई नेपालमा पनि जलविद्युत् आयोजना निर्माणका लागि आग्रह गर्नुभएको थियो।

राजाको विशेष आग्रहअनुसार नै फ्रान्सेली कम्पनी सोग्रेह नेपाल आएको थियो। सो कम्पनीले अध्ययन गरी विद्युत् उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो। त्यस समयमा १५० मेगावाटसम्म बिजुली उत्पादन गर्ने योजना तय भएको थियो। तर, सोग्रेह कन्सल्टले आयोजना निर्माणको अनुमति पाएन। २०५१ मा अष्ट्रेलियन कम्पनी स्मेकलाई सर्भेक्षण गर्ने जिम्मा दिइयो। त्यसपछि आयोजनाको क्षमता ७५० मेगावाट बराबर हुने निष्कर्ष निस्कियो।  

सरकारले २०५४ मा स्मेकलाई नै निर्माणको अनुमति दियो। तर, उसले पनि अनेकन बहाना निकालेर आयोजनाको काम अगाडि बढाएन। सो कम्पनीले आयोजना निर्माण हुँदा १२ हजार घरपरिवार विस्थापित हुने निष्कर्ष सुनाएको थियो। चाइना थ्री गर्जेज निर्माण कम्पनीले अनुमति २०६९ मा पायो। तर काम भने सुरु हुन सकेन। आयोजना प्रभावित क्षेत्रका बासिन्दा त्यसैका बारेमा सुन्दासुन्दै बुढ्यौली उमेरमा प्रवेश गरिसकेका छन्। चार दशकसम्म आयोजनाको नाममा उनीहरुसमेत अनिर्णयको बन्दी बनेका छन्। सरकारले आयोजना प्रभावित क्षेत्रमा सडक, तटबन्ध, विद्यालय, खानेपानीजस्ता कुनै पनि परियोजनामा लगानी गरेको छैन। त्यसको मारमा स्थानीयवासी परेका छन्।     

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पश्चिम सेती र सेती नदी–६ आयोजना निर्माण सुरु गर्ने उल्लेख छ। त्यस्तै यही जेठ १५ गते सार्वजनिक भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा समेत आयोजनाका बारेमा स्पष्टसँग बोलिएको छ। त्यस आधारमा पनि अब आयोजना कुनै न कुनै रूपमा अगाडि बढ्छ भन्ने विश्वास बढेर गएको छ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले पटक–पटक पश्चिम सेती र बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना अगाडि बढाएरै छाडिने दृढता व्यक्त गरेका छन्। लगानी बोर्डको बैठकले भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। यस निर्णयले अब आयोजनाले एउटा गति लिने विश्वास थप बढेको छ। 

एनएचपीसी भारतको सबैभन्दा ठूलो ऊर्जा उत्पादक कम्पनी हो। कूल सात हजार ५०० मेगावाट बराबरको बिजुली उत्पादन गरिसकेको सो कम्पनीले जलविद्युत् आयोजना, वायु तथा सौर्य ऊर्जामा समेत काम गरिसकेको छ। पश्चिम सेती अगाडि बढ्दा सँगै रहेको सेती नदी–६ ले पनि गति लिने विश्वास बढेर गएको छ। 

सरकारले २०७५ मा आयोजना गरेको लगानी सम्मेलनमा ती आयोजनालाई शोकेशमा राखेका थियो। पश्चिम सेती ७५० मेगावाट र सेती नदी–६ कूल ४५० मेगावाट क्षमतामा निर्माण गर्न सकिने सरकारको बुझाइ छ। सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाममा पुगेपछि कर्णालीमा मिसिन्छ। सोही नदीमा ती आयोजना निर्माण हुन्छन्।     

सरकारको उच्च राजनीतिक प्राथमिकतामा परेको जलाशयुक्त आयोजना निर्माणमा जाँदा त्यसले पार्ने प्रभाव दीर्घकालीन हुन्छ। विगतको जस्तै सहमति हुने र कार्यान्वयन नहुने अवस्थाको अन्त्य गरेर आयोजना निर्माणमा जाने वातावरण बनाउनु नै उपयुक्त हुन जान्छ। सो आयोजनाका अलावा बोर्डको सोमबार साँझ बसेको बैठकले तामाकोसी पाँचौँ र राहुघाट जलविद्युत् आयोजनाको लगानीसमेत स्वीकृत गरेको प्रवक्ता लम्सालले जानकारी दिए।

दोलखामा आयोजनास्थल रहेको १०० मेगावाट क्षमताको तामाकोसी पाँचौँको लागत १६ अर्ब ४५ करोड ९८ लाख र म्याग्दी जिल्लामा आयोजनास्थल रहेको ४० मेगावाट क्षमताको राहुघाटको लागत  नौ अर्ब ४७ करोड ३० लाख बराबर छ। 

यस्तै, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ग्रान्धी माल्लिकार्जन राव (जीएमआर)ले २४ महिनाभित्र वित्तीय व्यवस्थापन गर्ने गरी शर्तसहित म्याद थपका गर्न मन्त्रिपरिषद्समक्ष निर्णयका लागि सिफारिस गरेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ०८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ? बाढीले ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सात वटा... बिहीबार, भदौ ११, २०८३
विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले औद्योगिक र व्यावसायिक गतिविधिका हिसाबले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत ब... शनिबार, भदौ ६, २०८३
सडक सीमा खाली गराउने बाटो खुल्यो, टेलिकमको रिटमा अन्तरिम आदेश अस्वीकार अदालतको यो निर्णयसँगै यसअघि सडक विस्तारको काम रोक्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेशसमेत निरन्तर नहुने भएको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्