काठमाडौं– अहिले देशको पूर्वी भू–भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको सामान्य प्रभाव रहँदा पूर्वी क्षेत्रमा पानी परिरहेको छ।
प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ। प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ।
मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ। केही दिनमा देशका सबै भागमा मनसुन सक्रिय हुने विभागले जनाएको छ।
मंगलबार दिउँसो प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, कर्णाली तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।