काठमाडौं–सप्तरीको सुरुंगा नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट मेयर पदका उम्मेदवार रामनारायण चौधरीको मोटरसाइकल दुर्घटनामा निधन भएको छ। चौधरीको सोमबार निधन भएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स१०प ४६११ नंको स्कुटरलाई ना ६ख ६३९९ नंको ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्वर्गीय चौधरीप्रति भावपूर्ण श्रद्धान्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छना्।
रामनारायण चौधरी कांग्रेसकी गीता चौधरीसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।