काठमाडौं– नवलपरासी जिल्ला अदालत परिसरमा गोली चलेको छ। अंशसम्बन्धी एउटा मुद्दाको विषयलाई लिएर भएको विवादका क्रममा गोली चलेको अदालतका एक कर्मचारीले जानकारी दिएका छन्।
मुद्दामा दुई पक्ष अदालत परिसरमा भेट भएपछि विवाद सुरु भएको थियो। वादविवादकै बीचमा एक पक्षले गोली हान्ने धम्की दिएको र लगत्तै गोली प्रहार भएको प्रहरीले जनाएको छ।
गोली लागेर अहिलेसम्म कोही घाइते भएको जानकारी छैन। प्रहरीले गोली चलाउनेको खोजी गरिरहेको जिल्ला अदालतका वैतानिक वकिल रमेशप्रसाद चौधरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।