काठमाडौं– सरकारले आइतबार पनि बिदा दिने भनि गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।
अधिवक्ताहरु सन्तोष भण्डारी, पुण्य प्रसाद खतिवडासहितले रिट दायर गरेका हुन्। उनीहरुको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।
दरपिठविरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए। उनीहरुको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएको हो। इजलासको आदेशपछि यी रिटहरु दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ।
सरकारले जेठ १ गतेदेखि लागू हुने गरि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। सरकारको निर्णय कुनै पनि अनुसन्धान र तथ्यमा आधारित नभइ हचुवाको भरमा भएकाले खारेज हुनुपर्ने जिकिर रिटमा गरिएको छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ। उक्त विवाद अब एकल इजलासमा सुनुवाइ हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।