• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अँध्यारो कर्णाली, उज्यालो नेपाल!

64x64
गोविन्द देवकोटा बुधबार, जेठ २५, २०७९  ०७:१३
1140x725

काठमाडौं– ‘बिजुली अभावले बिरामीको उपचारमा दिनहुँ समस्या छ। कर्णालीका अरु ग्रामीण बस्तीको कुरै नगरौं!! उता चाहिँ बिजुली भारतमा बेच्ने रे। अपराधीहरूको नौटंकी, अब त धेरै नै भो।’

‘कर्णाली पनि नेपाल नै हो’ ह्यासट्यागसहित आइतबार बिहान सामाजिक सञ्जालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले लेखेका थिए। उनको यो आक्रोशले कर्णालीको स्वास्थ्यको दुरवस्थालाई देखाउँछ।

धेरै संघर्षपछि स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०० शय्या छन्। दक्ष चिकित्सक र भरपर्दा उपकरण पनि छन्। तर, बिजुलीको राम्रो व्यवस्था छैन। इन्धनको मूल्य चुलिँदै जाँदा जेनेरेटरबाट २४ घण्टा नै बिजुलीको जोहो गर्न सम्भव छैन। राष्ट्रिय प्रसारण लाइन जोडिए पनि नियमित बिजुली आउँदैन। कतिबेला झ्याप्प जान्छ र आईसीयूमा उपचाररत बिरामीको प्राण संकटमा पर्छ ठेगान हुँदैन।

संघीय सरकार भने बिजुली भारत बेच्न सकेको खबर गर्वका साथ सुनाइरहेको छ। गएको बिहीबारदेखि त्रिशुली र देवीघाट आयोजनाबाट उत्पादित ३९ मेगावाट बिजुली भारत जान थालेको छ। शनिबार रातिदेखि कालिगण्डकी ‘ए’ बाट उत्पादित बिजुली पनि भारततर्फ निर्यात गरिएको छ। कालीगण्डकीको १४० मेगावाट, त्रिशूलीको २३.२ र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ।

नदीनालामा पानीको बहाव बढेर विद्युत्‌गृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी बढी भएको बिजुली भारततर्फ निर्यात थालिएको बताइएको छ। कतिपयले यो कदमलाई प्राधिकरणका प्रमुख कुलमान घिसिङको उच्च सफलताका रूपमा चर्चा गरेका छन्। 

घाटामा गएको विद्युत् प्राधिकरणलाई अहिलेको बलियो अवस्थामा ल्याउन पक्कै पनि कुलमान घिसिङको महत्वपूर्ण योगदानलाई नकार्न सकिँदैन। तर, यो सफलताको हुँकार पिटिरहँदा सरकार र विद्युत् प्राधिकरणले कर्णालीलाई गरेको ‘सौतेनी व्यवहार’ कसले लेखिदिने? कसले बाेलिदिने? विद्युत् नभएकै कारण अस्पतालको भेन्टिलेटर र आईसीयूमा छट्पटाइरहेको बिरामीको चित्कार सायदै घिसिङको कानसम्म पुग्दो हो। न ‘उज्यालो अभियान’का नेतृत्वकर्ता जनार्दन शर्माकै कानमा पुग्छ।

करिब १८० मेगावाट विद्युत् निर्यात गरेर सफलताको हुंकार पिट्ने प्राधिकरणले आफ्नै देशभित्रका अध्याँरा बस्ती देख्न सक्दैन। कुलमानको पुनर्नियुक्तिका बेला माइतीघर मण्डलामा मात्रै होइन, कर्णालीका बस्तीमा पनि दीप प्रज्वलन भएको थियो। तर, भिन्नता यति थियो कि झल्झलाकार माइतीघर मण्डलामा महँगा मैनबत्ती बालेर जयजयकार भयो भने कर्णालीका दुर्गम बस्तीमा खानका लागि किनिएको महंगो तेल बालेर दीप प्रज्वलन भयो। त्यतिबेला आफ्ना बस्ती पनि उज्यालो हुने कर्णालीबासीको सपना थियो। 

अहिले बिजुली भारत निर्यातबारे चर्चा भइरहँदा दुर्गम बस्तीको अवस्थाबारे कसैले बोल्दैन। यदि, बोलियो भने थोरै मात्रामा देखिएको सफलता पनि त्यो अँध्यारोमा फिक्का हुँदो  हो सायद। कर्णालीको अँध्यारो न राज्यको प्राथमिकतामा पर्‍यो, न विद्युत् प्राधिकरण र कुलमान घिसिङको नै। 

Ncell 2
Ncell 2
nimb
nimb

मृत्युमार्गका नाममले परिचित कर्णाली राजमार्गका दायाँबायाँ अहिले पनि फलामे पोल ठिङ्ग उभिएका छन्। तार यत्रतत्र लत्रिएका छन्। पोल गाड्दै गर्दा त्यहाँका मानिसले उज्यालो सपना पालेका थिए। तर, लत्रिएका तार अहिले जेबालो (धराप) बन्न लागिसकेका छन्। 

कालिकोट र जुम्लाको सदरमुकामसम्म विद्युत्‌काे राष्ट्रिय प्रसारण लाइन जोडियो। त्यो दिन पनि कर्णालीबासीले दीप प्रज्ज्वलन गरे। सदरमुकामसम्म पुगेको बिजुली अब विस्तारै गाउँबस्तीतिर पनि आउँछ भन्ने आश थियो। तर, ग्रामीण बस्तीसम्म पुग्नु त कहाँ हो कहाँ, सदरमुकाममै पनि नियमित हुन सकेन। लोडसेडिङ सुरु भएपछि मुस्किलले हप्तामा एक दिन बिजुली आउँछ। राष्ट्रिय प्रसारणको पहुँच पुगेका बस्तीमा स्थानीयले हटाएका सोलार प्यानल फेरि खोज्नुपर्ने भएको छ। 

कर्णालीतिर जुवा खेल्दा अक्सर भनिने उखान छ, ‘आँखा झिमिक्क, माल गायब।’ जुहारीले नजर दायाँ–बायाँ गर्नेबित्तिकै प्रतिस्पर्धीले छक्काइहाल्ने विषयलाई यसरी उखान बनाइएको हो। अहिले यही उखान बिजुलीबत्तीमा लागू हुन थालेको छ। हावा लाग्यो कि बिजुली गायब। त्यसपछि एक सातासम्म आउँदैन। 

प्रकाश सपुतले ‘देश भन्नु त के रैछ र? चारकिल्लाको माटो’ भनेर गीत गाए। तर, सरकारका लागि देश भन्नु काठमाडौं उपत्यका मात्र हो भनेर कर्णालीबासीले विश्वास गरिसकेका छन्। काठमाडौंमा ‘ओभरलोड’का कारण ट्रान्सफर्मरहरू पड्किँदा कर्णालीमा पुगेको बिजुलीले ‘बल्ब’समेत उज्याला हुँदैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुर्गम बस्तीमा विद्युत् पुर्‍याउन लामो समय लाग्छ, प्राविधिक जनशक्ति चाहिन्छ, भीरमा फलामे पोल गाडेर पहाड नघाउनु सजिलो छैन। तर, राज्यले नगरी नहुने काम पनि हो। कर्णाली बिजुली पुर्‍याउनभन्दा भारत बेच्ने सजिलो हुन्छ भनेर आफ्नै जनतालाई अँध्यारोमा राख्न पाइन्छ र? 

हो, कर्णालीमा उद्योग कलकारखाना छैनन्। अहिल्यै स्थापना हुने अवस्था पनि छैन। तर, कर्णालीबासीले कम्तिमा सूर्य अस्ताइसकेपछि घर उज्यालो देख्न चाहेका छन्। अस्पतालमा उपचारमा कुनै समस्या नहोस्, बिरामी विद्युत् नभएकै कारण उपचारबाट बञ्चित हुनु नपरोस्। उत्पादन धेरै भएसम्म निर्यात गर्दा देशलाई फाइदा नै हुने हो, आफ्नै देशभित्रका बस्ती अँध्यारोमा रहँदा विदेश निर्यात गर्ने कुरा कसरी सोच्न सकिन्छ? 

सबैभन्दा धेरै विद्युत् उत्पादन क्षमता भएको प्रदेश कर्णाली नै हो। तर, अहिलेसम्म एउटा ठूलो आयोजना बनाइएको छैन। भएका लघु आयोजनाका मेसिनमा पनि खिया लागिसकेका छन्। ति आयोजनाले मोबाइल चार्ज गर्नसक्ने क्षमताको विद्युत् उत्पादनसम्म गर्न सक्दैनन्। 

अहिले मात्रै होइन, सैयौं वर्षदेखि कर्णाली नाकाबन्दीमा छ। केही समयअघि भारतले गरेको नाकाबन्दीविरुद्ध त सबैका आवाज उठे, तर शताब्दीऔंदेखि कर्णालीप्रति आफ्नै राज्यले गरेको नाकाबन्दीविरुद्ध कसले बोलिदिने? केही गरी कसैले आवाज उठाइहाले ‘उग्रता’को संज्ञा दिइन्छ। 

कुनै बेला साम्राज्यको इतिहास बोकेको कर्णालीको पहिचान अहिले दुर्गम, अशिक्षा, गरिबी र पछौटैपन हो। यसको जिम्मेवार को हो? समृद्ध इतिहास ध्वंश पारेर नाकाबन्दी लगाउने को हो? अहिले पनि प्रशासकका लागि कर्णाली ‘फल्दोफूल्दो’ ठाउँ हो। किनकि, एकपटक कर्णालीका दुर्गम बस्ती बसेको प्रशासकले केही वर्षमै काठमाडौंमा महल ठड्याउँछ। राज्यले दिने सेवा–सुविधामा भने कर्णाली कहिल्यै प्राथमिकतामा पर्दैन। कर्णाली प्राथमिकतामा पथ्र्यो भने एक दशकदेखि माथिल्लो कर्णाली परियोजना थाती बस्दैनथ्यो। 

माथिल्लो कर्णाली परियोजना बनाउन तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६७ सालमा भारतीय कम्पनी जीएमआरसँग सम्झौता गरेका थिए। तर, अन्तर्राष्ट्रिय स्तरमा कालोसूचीमा परेको उक्त कम्पनीले अहिलेसम्म कार्यालय स्थापनाबाहेक अरु जग हालेकाे छैन। अहिलेसम्मको सस्तो मानिएको उक्त परियोजना समयमा नै अघि बढेको भए अहिले कर्णाली पूरै उज्यालो हुन्थ्यो।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्