• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्री फेर्ने निर्णयले एकीकृत समाजवादीमा विवाद:  छापामार शैलीमा हटाइएको भन्दै फिर्ता हुन मन्त्रीहरुको आनाकानी

64x64
डिबी खड्का सोमबार, जेठ २३, २०७९  १४:४९
1140x725

काठमाडौं– मन्त्रिपरिषद्‌मा आफ्नो तर्फबाट पठाइएकाहरुको जिम्मेवारी हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयले पार्टीमा विवाद चर्किएको छ। छापामार शैलीमा आफूलाई हटाइएको भन्दै मन्त्रीहरुले फिर्ता हुन आनाकानी गरेका हुन्। उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेर बजेट अधिवेशन चलिरहेको समयमा आफूहरु फिर्ता नहुने बताएका छन्। 

एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूलाई फिर्ता बोलाउने निर्णय भएको भनेर सञ्चारमाध्यमबाट जानकारी पाएको बताए। मन्त्रीबाट फिर्ता हुने विषयमा कुराकानी गर्दै उनले भने,  'सञ्चारमाध्यमबाट जानकारी पाएका हौं। हल्ला होला। बजेट अधिवेशन चलिरहेको समयमा जिम्मेवार नेताहरुले यस्तो निर्णय गर्नुहुन्छ होला जस्तो लाग्दैन।'

आफूहरुसँग अध्यक्ष माधवकुमार नेपालले समेत यस विषयमा कुनै औपचारिक छलफल समेत नगरेको अर्का एक मन्त्रीले बताए। उनले भने,  'निर्णय भएपछि अध्यक्षज्युले हामीसँग कुरा गर्नुहुन्थ्यो होला। अहिलेसम्म हामीसँग कुरा गर्नुभएको छैन।'

शनिवार नै भएको थियो निर्णय
एकीकृत समाजवादीको शनिबार बसेको सचिवालय बैठकले नै मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको बुझिएको छ। 'सचिवालयमा ११ जना उपस्थित थियौं। सवैले ६ महिना पुगेका मन्त्रीहरु फिर्ता बोलाउनुपर्छ भनेपछि शनिबार नै निर्णय भएको हो,' एकीकृत समाजवादीका एक सचिवालय सदस्य भन्छन्।

उनका अनुसार आइतबार दिउँसो उपमहासचिव विजय पौडेल र अर्का एक नेताले अध्यक्ष नेपालको हस्ताक्षर गराएर बालुवाटारमा नयाँ मन्त्रीको नाम बुझाएका हुन्। बालुवाटारमा नयाँ मन्त्रीको सूची पुगेपछि मन्त्रीहरुलाई पार्टी कार्यालयमा बोलाइएको थियो।

एक मन्त्रीका अनुसार दिउँसो १ बजेर पाँच मिनेट जाँदा विरोध खतिवडालाई फोन गरेर पार्टी कार्यालयमा आउन मन्त्रीहरुलाई भनिएको थियो। 'चुनावी समीक्षा बैठक भनिएको थियो। त्यसैले हामी पनि त्यही बैठकका लागि बोलाइएको होला भनेर गएका थियौं। मन्त्री परिवर्तनको कुरा पनि कसैले हामीसँग गर्नुभएन,' एक मन्त्री भन्छन्। 

चैतमै थियो चर्चा
एकीकृत समाजवादीका केही नेताहरुले चैतदेखि नै मन्त्रीहरुको कार्यकाल ६ महिना पुगे/नपुगेको सोधखोज गरेका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसन श्रेष्ठलाई एक आकांक्षीले 'तपाईंहरुको ६ महिना पुगेन?' भन्दै सोधेका थिए। श्रेष्ठले चारपाँच महिना मात्रै भएको भन्दै जवाफ फर्काएको अर्का एक मन्त्रीले बताए। 

आफूलाई हटाएर मन्त्री बन्न एक समूह सक्रिय रहेको संकेत मन्त्रीहरुले त्यतैबेलै पाएपछि अध्यक्ष नेपाललाई भेटेका थिए। 'किसनजीलाई त्यसरी सोधिएको जानकारी भएपछि हामी चारैजना मन्त्रीले अध्यक्षज्यूलाई भेटेका थियौं,' एक मन्त्रीले भने,  'चुनावमा जानुपर्ने भएकाले हतियार खोसेको सेनाको अवस्था नबनाइदिनुहोला। फिर्ता हुनैपर्ने भए केही समयअघि नै जानकारी पाउँ भनेर अध्यक्षलाई भनेका थियौं।'

nimb
nimb

छापामार शैलीमा हटाउँदा आफ्नो करियरमा समेत समस्या आउने भएकाले छलफल चलाएर फिर्ता बोलाउन आफूहरुले माग गरेको उनीहरुको दाबी छ। तर, आइतरबार नयाँ मन्त्रीको नाम समेत तय गरिसक्दा मन्त्रीहरुले आफूहरु हट्न लागेको जानकारी नपाएको बताउँछन्। 

निर्णय प्रक्रियामै प्रश्न
मन्त्रीहरुले निर्णय प्रक्रियामै प्रश्न उठाएका छन्। पार्टीको सचिवालय बैठकले मन्त्री पठाउने र बोलाउने तहको निर्णय गर्न नसक्ने ती मन्त्रीको दाबी छ। 'कम्तीमा स्थायी कमिटीको बैठक बोलाएर निर्णय लिनुपर्थ्यो। छलफल प्रक्रियामा हामीलाई सहभागी गराउनु पर्थ्यो,' उनले भने,  'केपी ‌ओलीको यही रबैयालाई चुनौती दिएर अर्को पार्टी बनाएका हौं।'

सचिवालयलाई निर्णय गर्ने नभइ निर्णय कार्यान्वयन गर्ने अधिकार मात्रै विधानमा तोकिएको उनको भनाइ छ। 'विधानको धारा २८ मा ६ वटा अधिकार छन्। कहाँनेर छ निर्णय गर्ने अधिकार?' उनले भने। 

ओलीले मनोमानी ढंगले पार्टी चलाएपछि लोकतान्त्रिक निर्णय प्रक्रियाका लागि विद्रोह गरेर नयाँ पार्टी गठन गरेको ती मन्त्रीको भनाइ छ। अहिलेको निर्णयले आफ्नो उक्त विद्रोहलाई नै चुनौती दिएको ती मन्त्री बताउँछन्। 

देउवालाई भेटेर नहटाउन माग
मन्त्रीमण्डलमा हेरफेर गर्ने निर्णय भएपछि एकीकृत समाजवादीका तर्फबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उक्त निर्णय कार्यान्वयन नगरिदिन माग गरेका छन्। बजेट अधिवेशन चलिरहेका बेला सांसदहरुको प्रश्नको उत्तर दिनुपर्ने भन्दै तत्काल निर्णय कार्यान्वयन नगर्न उनीहरुले माग गरेका हुन्। 

'हामीले बजेटमा आफ्नो योजना प्रस्तुत गरेका छौं। त्यसमाथि सांसदहरुले जिज्ञासा राख्नुमभएको छ। त्यसको जवाफ दिनुपर्नेछ,' ती मन्त्रीले भने, 'त्यसकारण अहिल्यै कार्यान्वयन नगर्ने गरी पार्टी अध्यक्षसँग समन्वय गर्न माग गरका हौं।'

मन्त्रीहरुको असन्तुष्टपछि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्री देउवाले पनि रुचि देखाएकका छैनन्। बजेट अधिवेशन चलिरहेको बताउँदै तत्काल मन्त्रीमण्डल हेरफेर गर्न देउवाले अरुचि देखाएपछि एकीकृत समाजवादीको निर्णय कार्यान्वयन हुनेमा आशंका उब्जिएको छ। 

एकीकृत समाजवादीका तर्फबाट मन्त्रीका लागि नाम सिफारिस भएका मध्य एक मेटमणि चौधरीले शपथकका लागि कुनै जानकारी नआएको बताए। सोमबार लागि शपथको तयारी गरिएको थियो। विवादका कारण अन्योल बनेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह ‘विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र... शुक्रबार, भदौ १२, २०८३
उद्धारको प्रतिक्षामा रहेका प्रत्येक नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने ‘ सरकार सवै नागरिकसम्म पुग्छ ’ उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको, हालसम्म ४,४५१ जनाको उद्धार गरिएको, नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा... शुक्रबार, भदौ १२, २०८३
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
विदेशी सहयोग अस्वीकार गरेका छैनौं : प्रधानमन्त्री शाह शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
सञ्चालनमा आयो पृथ्वी राजमार्ग शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्