काठमाडौं– सामसङले आफ्नो २०२२ को नयाँ लाइन अप अन्तर्गत पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिन सार्वजनिक गरेको छ।
यी नयाँ एआई एकोबब्बल वासिङ मेसिनहरु सहज धुलाईको अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहितका छन् भने उपभोक्ताहरुको चाहना अनुरुप ८ केजी र ९ केजीसम्मको क्षमतायुक्त मोडलहरु रहेको कम्पनीले जनाएको छ।
२०२२ का वासिङ मेसिनहरु ४ नयाँ मोडलहरुमा उपलब्ध रहेको र यी मोडलहरु एआई कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिम जस्ता विशेषताहरुयुक्त रहेको कम्पनीले जनाएको छ।
२०२२ का वासिङ मेसिनहरुमा सामसङको स्वामित्व भएको इकोबब्बल प्रविधि जडित छन्, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्न मद्दत गर्छ।
'उच्च गुणस्तरको सफाइ र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जसले गढेको मयल तथा ९९.९ प्रतिशत एलर्जि जीवाणुहरु र हटाउन सक्षम छ', कम्पनीले भनेको छ।
यी मेसिनहरुको सुरुवाती मूल्य एक लाख १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ। उपभोक्ताहरुलाई एआई इकोबब्बल वासिङ मेसिनहरुमा १ वर्षको वारेन्टी र डीटीआई मोटरमा १० वर्षको वारेन्टी दिइने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।