काठमाडौं– सोमबार देशका केही भूभागमा पानी पर्ने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
अहिले प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। बाँकी भूभागहरूमा आंशिक बदली छ।
विभागका अनुसार नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ। पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव छ।
सोमबार राति प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ।
प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशहरूका पहाडी भूभागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।