• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमा कृषिलाई प्राथमिकता, मलको भण्डार सधैं रित्तो

64x64
सुमित्रा कार्की आइतबार, जेठ २२, २०७९  २१:१०
1140x725

काठमाडौं–वर्षा सुरु भएसँगै चितवनका कृष्ण सुवाल रोपाइँको तयारीमा छन्। तर, बीउ राख्ने बेलादेखि नै उनी मल नपाइनेमा चिन्तित छन्। धानका लागि मल पाउने कुरा त परै जाओस्, उनले यसअघि लगाएका मकै र तरकारीमासमेत मल हाल्न पाएका छैनन्। 

रासायनिक मल अभावका कारण यसपालि ध्यानको बीउसमेत राख्न नपाएको उनको गुनासो छ। ‘यसअघि लगाएका तरकारी, मकैलगायतका बालीमा मल हाल्नेबेला भएको छ, तर सरकारसँग एक बोरा पनि मल स्टक रहेनछ’, उनी भन्छन्। 

हरेक वर्ष सरकारले कृषिलाई प्राथमिकतामा राखेको घोषणा गर्ने गरे पनि किसानले चाहिएको बेला एक बोरा मलका लागि भौंतारिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘जतिबेला खेतमा मल हाल्ने समय आउँछ, तब सरकारसँग एक बोरा पनि मल स्टक हुँदैन। कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको भने पनि हामी किसान मलकै लागि भौंतारिनुपरेको छ।’

सरकारले चालू आवको बजेटमार्फत् मल खरिदका लागि १५ अर्ब रुपैयाँ छुट्याएको थियो। आगामी आर्थिक वर्षका लागि पनि सोही परिमाणमा बजेट विनियोजन भएको छ। यतिबेला चितवनका किसानलाई धानको बीउ, तरकारी तथा अन्य बर्खेबालीका लागि मल आवश्यक छ। ‘रासायनिक मल नहाली हुँदैन। तर, भनेको समयमा कहिल्यै मल पाइँदैन। मल नपाएपछि बाली सप्रिने त कुरै भएन। बर्खाभरिको मिहिनेत खेर जान्छ’, उनी भन्छन्। 

‘हुर्किँदै गरेका मकैले मल खोजिरहेका छन्। यस्तै धानको बीउ पनि रोपाइँसम्म तयार पार्नका लागि मल आवश्यक पर्छ। तर, मल नहुँदा अन्योलमा छौं’, उनी थप्छन्। सरकार परिवर्तन हुनेबित्तिकै किसानका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जाहेर हुन्छ। तर, सम्बन्धित मन्त्री नै जिम्मेवार नहुँदा किसानले जहिल्यै मल अभावको सामना गर्नुपर्छ। 

बैशाखदेखि नै किसानले मलको व्यवस्था गर्न माग गरेका थिए। तर, अहिलेसम्म सरकारले बाहिरबाट मल ल्याउन सकेको छैन। न त आन्तरिक उत्पादन नै।

असारको पहिलो सातासम्म पर्याप्त मल आउँछ : कृषि मन्त्रालय 

किसान मलको अभाव हैरानी खेपिरहेका बेला कृषि मन्त्रालयले भने असार पहिलो सातामै पर्याप्त मात्रामा मल आउने दावी गरेको छ। मन्त्रालयका प्रवक्ता प्रकासकुमार सञ्जेलका अनुसार असारको पहिलो सातासम्म माग बमोजिमको मल आइसक्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले ग्लोबल टेन्डरको ४२ हजार मेट्रिक टन मल आउने क्रममा छ। २२–डीएपी ३० हजार मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सञ्जेल बताउँछन्। डीएपी कोलकाताबाट वीरगञ्जबाट एक दिनको फरकमा २५ हजार मेट्रिक टनका दरले आइरहेको उनले बताए। 

यो मल साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउन लागेको हो। यसैगरी, युरिया मल ३० हजार मेट्रिक टन इन्डोनेसियाबाट जुन १० सम्ममा भारतको हल्दिया बन्दरगाह हुँदै नेपालमा आउने क्रम रहेको उनले बताए। यसरी ल्याइँदै गरेको मल जेठको अन्तिम हप्तादेखि असारको पहिलो हप्तासम्म नेपाल आइपुग्ने उनको भनाइ छ। 

भारत सरकारसँग नेपालले जिटूजीमार्फत् ल्याउने तयारी गरिरहेको मलको लागि पनि नेपाल सरकारको कृषि सामग्री कम्पनी र भारत सरकारको राष्ट्रिय केमिकल एण्ड फटिलाइजर्स कम्पनीबीच मल ल्याउने सम्झौता केही दिनमा टुंगो लाग्ने सञ्जेल बताउँछन्। तर, भारतबाट जिटूजीमार्फत् कति मल आउँछ भनेर टुंगो नलागेको उनको भनाइ छ। 

उनी भन्छन्, ‘सरकारले माग गरेको १ लाख ५० हजार मेट्रिकटन हो। अब कति मल पठाउने भनेर सम्झौता आज वा भोलिमा टुंगो लाग्छ। यसमा सबै मल एकै पटक आउने सम्भावना न्यून छ। कमर्सियल एग्रिमेन्ट भएपछि टुंगो लाग्छ।’ यसरी सझौता भएर आएको मल नेपाल आइपुग्न १५ दिनमात्र लाग्ने उनको भनाइ छ। 

अहिले पनि सरकारसँग डीएपी पर्याप्त मात्रामा छ। युरिया मलमात्र अभाव रहेको उनले बताए। अहिले सरकारसँग १४ हजार मेट्रिक टन डीएपी र ३०० मेट्रिकटन युरिया स्टक रहेको छ। अहिले मलको माग एक लाखदेखि एक लाख ५० हजार मेट्रिकटन मलको माग रहेको मन्त्रालय श्रोत बताउँछ। 

किन हुन्छ बर्सेनि मल अभाव? 

सरकारले अनुदानको बजेटलाई प्रभावकारी बनाउन नसक्दा किसानले समयमा मल पाउँदैनन्। यो समस्या यसपटक मात्र होइन, वर्षौंदेखि चलिआएको छ। किसान सुवाल भन्छन्, ‘हामी हरेकपटक समस्या लिएर सरकारसँग जान्छौं। तर, सरकारले कहिले पनि किसानको समस्या सुन्दैन। कमिसन पाउने ठेक्केदारले समयमै मल ल्याउँदैनन्। ठेकेदारले नै मल नल्याएपछि हामीले कहाँबाट पाउनु?’

यसैगरी, कृषि मन्त्रालयमका प्रवक्ता सन्जेल भन्छन्, ‘मल वितरण प्रक्रिया गाउँसम्म प्रभावकारी बन्न सकेन। सोही कारण पनि बर्सेनि यस्तो समस्या आइरहेको हो। मल अभाव हुन्छ भनेर महँगोमा बिक्री गर्न व्यापारीले पहिले नै स्टक राख्ने गर्छन्। यसले पनि सिजनको बेला किसानले मल पाउँदैनन्। मल अभावको अर्को कारण वितरण गर्दा सबै ठाउँमा ध्यान नुपग्नु पनि हो।’

जिम्मेवारी लिएका ठेकेदारले समयमै मल खरिद नगरिदिँदा पनि समयमै किसानले मल नपाउने गरेको उनको भनाइ छ। कहिले मल खरिद गर्न नै नपाउने त पाएको बेला पनि ठेकेदारले ढिलाइ गर्दा किसानसम्म मल पुग्न नसक्ने गरेको कृषि सामग्री कम्पनी लिमिटेडका एक अधिकारी बताउँछन्। 

ती अधिकारीले भने, ‘सरकारले जुन प्रकारको योजना बनाएर मल खरिद गर्न बजेट निर्धारण गरेको थियो। त्याे मूल्यभन्दा महँगो मूल्यमा हामीले खरिद गरेर ल्याउनुपर्छ।’

अन्तर्राष्ट्रिय बजारमै मल अभाव रहेको उनको भनाइ छ। चीनबाट ५० प्रतिशतसम्म मल आयात गर्ने गरिए पनि पछिल्लो समयमा चीनले निर्यात बन्द गरेपछि नेपालमा समस्या भएको उनले बताए। 
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा परराष्ट्र मन्त्रालयका अनुसार २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको हो । शुक्रबार, साउन ८, २०८३
सुनचाँदीको मूल्य घट्यो आज सुन तोलामा पाँच हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार, साउन ८, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब एकातिर कुल व्यापारको आकार हालसम्मकै उच्च विन्दुमा पुगेको छ तर आयात र निर्यातबचिको खाडल झनै गहिरिँदै गइरहेको छ । बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्