• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमा कृषिलाई प्राथमिकता, मलको भण्डार सधैं रित्तो

64x64
सुमित्रा कार्की आइतबार, जेठ २२, २०७९  २१:१०
1140x725

काठमाडौं–वर्षा सुरु भएसँगै चितवनका कृष्ण सुवाल रोपाइँको तयारीमा छन्। तर, बीउ राख्ने बेलादेखि नै उनी मल नपाइनेमा चिन्तित छन्। धानका लागि मल पाउने कुरा त परै जाओस्, उनले यसअघि लगाएका मकै र तरकारीमासमेत मल हाल्न पाएका छैनन्। 

रासायनिक मल अभावका कारण यसपालि ध्यानको बीउसमेत राख्न नपाएको उनको गुनासो छ। ‘यसअघि लगाएका तरकारी, मकैलगायतका बालीमा मल हाल्नेबेला भएको छ, तर सरकारसँग एक बोरा पनि मल स्टक रहेनछ’, उनी भन्छन्। 

हरेक वर्ष सरकारले कृषिलाई प्राथमिकतामा राखेको घोषणा गर्ने गरे पनि किसानले चाहिएको बेला एक बोरा मलका लागि भौंतारिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ‘जतिबेला खेतमा मल हाल्ने समय आउँछ, तब सरकारसँग एक बोरा पनि मल स्टक हुँदैन। कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको भने पनि हामी किसान मलकै लागि भौंतारिनुपरेको छ।’

सरकारले चालू आवको बजेटमार्फत् मल खरिदका लागि १५ अर्ब रुपैयाँ छुट्याएको थियो। आगामी आर्थिक वर्षका लागि पनि सोही परिमाणमा बजेट विनियोजन भएको छ। यतिबेला चितवनका किसानलाई धानको बीउ, तरकारी तथा अन्य बर्खेबालीका लागि मल आवश्यक छ। ‘रासायनिक मल नहाली हुँदैन। तर, भनेको समयमा कहिल्यै मल पाइँदैन। मल नपाएपछि बाली सप्रिने त कुरै भएन। बर्खाभरिको मिहिनेत खेर जान्छ’, उनी भन्छन्। 

‘हुर्किँदै गरेका मकैले मल खोजिरहेका छन्। यस्तै धानको बीउ पनि रोपाइँसम्म तयार पार्नका लागि मल आवश्यक पर्छ। तर, मल नहुँदा अन्योलमा छौं’, उनी थप्छन्। सरकार परिवर्तन हुनेबित्तिकै किसानका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जाहेर हुन्छ। तर, सम्बन्धित मन्त्री नै जिम्मेवार नहुँदा किसानले जहिल्यै मल अभावको सामना गर्नुपर्छ। 

बैशाखदेखि नै किसानले मलको व्यवस्था गर्न माग गरेका थिए। तर, अहिलेसम्म सरकारले बाहिरबाट मल ल्याउन सकेको छैन। न त आन्तरिक उत्पादन नै।

असारको पहिलो सातासम्म पर्याप्त मल आउँछ : कृषि मन्त्रालय 

किसान मलको अभाव हैरानी खेपिरहेका बेला कृषि मन्त्रालयले भने असार पहिलो सातामै पर्याप्त मात्रामा मल आउने दावी गरेको छ। मन्त्रालयका प्रवक्ता प्रकासकुमार सञ्जेलका अनुसार असारको पहिलो सातासम्म माग बमोजिमको मल आइसक्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले ग्लोबल टेन्डरको ४२ हजार मेट्रिक टन मल आउने क्रममा छ। २२–डीएपी ३० हजार मेट्रिकटन युरिया मल आउने क्रममा रहेको सञ्जेल बताउँछन्। डीएपी कोलकाताबाट वीरगञ्जबाट एक दिनको फरकमा २५ हजार मेट्रिक टनका दरले आइरहेको उनले बताए। 

यो मल साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउन लागेको हो। यसैगरी, युरिया मल ३० हजार मेट्रिक टन इन्डोनेसियाबाट जुन १० सम्ममा भारतको हल्दिया बन्दरगाह हुँदै नेपालमा आउने क्रम रहेको उनले बताए। यसरी ल्याइँदै गरेको मल जेठको अन्तिम हप्तादेखि असारको पहिलो हप्तासम्म नेपाल आइपुग्ने उनको भनाइ छ। 

भारत सरकारसँग नेपालले जिटूजीमार्फत् ल्याउने तयारी गरिरहेको मलको लागि पनि नेपाल सरकारको कृषि सामग्री कम्पनी र भारत सरकारको राष्ट्रिय केमिकल एण्ड फटिलाइजर्स कम्पनीबीच मल ल्याउने सम्झौता केही दिनमा टुंगो लाग्ने सञ्जेल बताउँछन्। तर, भारतबाट जिटूजीमार्फत् कति मल आउँछ भनेर टुंगो नलागेको उनको भनाइ छ। 

उनी भन्छन्, ‘सरकारले माग गरेको १ लाख ५० हजार मेट्रिकटन हो। अब कति मल पठाउने भनेर सम्झौता आज वा भोलिमा टुंगो लाग्छ। यसमा सबै मल एकै पटक आउने सम्भावना न्यून छ। कमर्सियल एग्रिमेन्ट भएपछि टुंगो लाग्छ।’ यसरी सझौता भएर आएको मल नेपाल आइपुग्न १५ दिनमात्र लाग्ने उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले पनि सरकारसँग डीएपी पर्याप्त मात्रामा छ। युरिया मलमात्र अभाव रहेको उनले बताए। अहिले सरकारसँग १४ हजार मेट्रिक टन डीएपी र ३०० मेट्रिकटन युरिया स्टक रहेको छ। अहिले मलको माग एक लाखदेखि एक लाख ५० हजार मेट्रिकटन मलको माग रहेको मन्त्रालय श्रोत बताउँछ। 

किन हुन्छ बर्सेनि मल अभाव? 

सरकारले अनुदानको बजेटलाई प्रभावकारी बनाउन नसक्दा किसानले समयमा मल पाउँदैनन्। यो समस्या यसपटक मात्र होइन, वर्षौंदेखि चलिआएको छ। किसान सुवाल भन्छन्, ‘हामी हरेकपटक समस्या लिएर सरकारसँग जान्छौं। तर, सरकारले कहिले पनि किसानको समस्या सुन्दैन। कमिसन पाउने ठेक्केदारले समयमै मल ल्याउँदैनन्। ठेकेदारले नै मल नल्याएपछि हामीले कहाँबाट पाउनु?’

यसैगरी, कृषि मन्त्रालयमका प्रवक्ता सन्जेल भन्छन्, ‘मल वितरण प्रक्रिया गाउँसम्म प्रभावकारी बन्न सकेन। सोही कारण पनि बर्सेनि यस्तो समस्या आइरहेको हो। मल अभाव हुन्छ भनेर महँगोमा बिक्री गर्न व्यापारीले पहिले नै स्टक राख्ने गर्छन्। यसले पनि सिजनको बेला किसानले मल पाउँदैनन्। मल अभावको अर्को कारण वितरण गर्दा सबै ठाउँमा ध्यान नुपग्नु पनि हो।’

जिम्मेवारी लिएका ठेकेदारले समयमै मल खरिद नगरिदिँदा पनि समयमै किसानले मल नपाउने गरेको उनको भनाइ छ। कहिले मल खरिद गर्न नै नपाउने त पाएको बेला पनि ठेकेदारले ढिलाइ गर्दा किसानसम्म मल पुग्न नसक्ने गरेको कृषि सामग्री कम्पनी लिमिटेडका एक अधिकारी बताउँछन्। 

ती अधिकारीले भने, ‘सरकारले जुन प्रकारको योजना बनाएर मल खरिद गर्न बजेट निर्धारण गरेको थियो। त्याे मूल्यभन्दा महँगो मूल्यमा हामीले खरिद गरेर ल्याउनुपर्छ।’

अन्तर्राष्ट्रिय बजारमै मल अभाव रहेको उनको भनाइ छ। चीनबाट ५० प्रतिशतसम्म मल आयात गर्ने गरिए पनि पछिल्लो समयमा चीनले निर्यात बन्द गरेपछि नेपालमा समस्या भएको उनले बताए। 
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा द... आइतबार, कात्तिक ८, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्