काठमाडौं– एनएमबी बैंकले जोखिममा परेका महिलाहरूका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
जाेखिममा परेका महिलालाई उद्धार तथा सशक्तिकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आवद्ध महिलाका लागि उक्त कार्यक्रम आयोजना गरिएकाे हाे।
कार्यक्रममा छोरी संस्थाका ५५ जना महिलाको सहभागिता रहेको थियो। बैंकको लघुवित्त विभागद्धारा आयोजित उक्त कार्यक्रमा उपस्थित महिलालाई उत्प्रेरणाका साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य सेवाका विषयमा जानकारी दिइएको थियो।
उक्त कार्यक्रममा एनएमबी बैंकका तर्फबाट कर्मचारी डा. बुद्धि मल्ल, शरद पौडेल, नविन पन्थि र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो।
केही वर्षयता महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको बैंकले महिला सशक्तिकरणको लागि विभिन्न समयमा समूह लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ।
छोरी संस्थामा आवद्ध महिलालाई गरिएको कार्यक्रमले उनीहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्ने र समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ।
एनएमबी बैंक दी–फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित बैंक हो। बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाबाट चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि पाइसकेको छ।
हालसम्म यस बैंकले देशभरमा २०१ शाखाहरु, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।