• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकीकृत समाजवादीको रणनीति : आगामी निर्वाचनमा टिकट पाउने सम्भावना भएकाहरु चुनावी सरकारका मन्त्री

64x64
डिबी खड्का आइतबार, जेठ २२, २०७९  २०:२५
1140x725

काठमाडौं-संघ तथा प्रदेशको निर्वाचन मिति तय गर्ने विषयमा छलफल चलिरहेका बेला एकीकृत समाजवादीले चार मन्त्रीको जिम्मेवारी हेरफेर र एक मन्त्रीको बढुवा गरेको छ। आगामी चुनावी रणनीतिअन्तर्गत उक्त निर्णय लिएको पार्टीका एक सचिवालय सदस्यले जानकारी दिएका छन्। 

उनका अनुसार गठबन्धन हुँदा पनि टिकट दिलाउन सकिने र जित्ने सम्भावना बलियो भएका नेताहरुलाई चुनावी सरकारको मन्त्री बनाइएको हो। आइतबार सचिवालयबाट मन्त्रीका लागि सिफारिस जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, राज्यमन्त्रीबाट मन्त्रीमा  बढुवा भएका भवानी खापुङ र राज्यमन्त्रीमा सिफारिस हिरा केसी जनाधार बलियो भएका नेताहरुमा पर्छन्। 

'प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएर प्रमाणित गरिसकेका नेताहरु भएकाले गठबन्धनमा उनीहरुका लागि टिकटको लबिङ गर्न सहज हुन्छ। बहालवाला मन्त्रीलाई नै टिकट दिने कुरामा सहयात्री दल र नेताहरुलाई मनाउन पनि सजिलो पर्छ,' एकीकृत समाजवादीका एक नेता भन्छन्। 

जीवनराम श्रेष्ठ
खेल क्षेत्रमा लामो समय सक्रिय भएर राजनीतिमा पुगेका हुन् जीवनराम श्रेष्ठ। राजनीतिमा पनि उनी 'खेलाडी' बनेर निस्केका छन्। पहिलोपटक सांसद बनेका उनी मन्त्रीसमेत बन्ने सफलतानिकट छन्। 

उनी राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव, नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत बनेका उनी २०७४ सालमा काठमाडौं ८ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भए। उनले नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गरेका हुन्। २०७० सालको निर्वाचनमा भने उनी जोशीबाट यही क्षेत्रमा पराजित भएका थिए। 

काठमाडौं ८ मा गठबन्धनका तर्फबाट श्रेष्ठको दाबी बलियो रहने एकीकृत समाजवादीको आंकलन छ। किनभने उक्त क्षेत्रका नेपाली कांग्रेसका प्रभावशाली नेता जोशीको निधन भइसकेको छ। 

भवानी खापुङ 
स्वास्थ्य मन्त्रीमा बढुवा भएका भवानी खापुङ  तेह्रथुमबाट टिकट पाउने सम्भावना भएका नेता हुन्। दुईपटक निर्वाचित भइसकेका छन् उनी। २०६४ को संविधानसभा निर्वाचनमा पराजित खापुङ २०७०  र ०७४ मा  निर्वाचित भएका हुन्। 

२०७४ मा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पछि पार्दै विजयी भएका थिए। खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका थिए। गुरुङले १९ हजार ३ सय १४ मत पाएकी थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले पाउने कोटामा खापुङ बलिया उम्मेदवार हुन्। किनभने बहुदल पुन:स्थापनापछि तेह्रथुमबाट निर्वाचित हुनेमध्येबाट मन्त्री बनेका उनी पहिलो हुन्। त्यसपछि  भएका ६ वटा निर्वाचनमा एमालेका विजय सुब्बा २ पटक, एमालेकै सुरेन्द्र फोम्बो र कांग्रेसका तुलसी सुब्बा १–१ पटक सांसद भए पनि मन्त्री हुन सकेनन्।

शेरबहादुर कुँवर
शेरबहादुर कुँवर अछाममा एमालेको संगठन बनाउने नेतामध्ये पर्छन्। अछाम एमालेका संस्थापकमध्येका उनी २०६४ सालमा नेकपा एमाले कमजोर बन्दासमेत अछाम १ बाट निर्वाचित हुन सफल भएका थिए। 

माओवादी सबैभन्दा ठूलो दल बनेको उक्त समयमा भीम रावल समानुपातिक बसे। जनस्तरमा लोकप्रिय हुँदाहुँदै पनि उनले २०७० र २०७४ को निर्वाचनमा उक्त क्षेत्र भीम रावलका लागि त्याग गरे। एकपल्ट समानुपातिक र अर्कोपल्ट राष्ट्रिय सभामा गए। 

२०४९ सालमा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य, २०५४ सालमा उपसचिव,  २०६२ मा सचिव हुँदै २०६९ देखि दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका थिए। उनी एकीकृत समाजवादीतर्फ लागेपछि अछाममा ठूलो शक्ति उनीसँग गएको छ। अछामका दुई क्षेत्रमध्ये एउटामा कांग्रेसले दाबी गर्दा अर्कोमा स्वाभाविक रुपमा एकीकृत समाजवादीले दाबी गर्नेछ। एकीकृत समाजवादीको सहयोगविना अछाममा कांग्रेसले निर्वाचन जित्न सकस पर्छ।

मेटमणि चौधरी
२०७४ सालमा पहिलोपटक प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन् मेटमणि चौधरी। दाङ १ बाट निर्वाचित उनी आगामी निर्वाचनमा एकीकृत समाजवादीबाट जित्न सक्ने उम्मेदवारको सूचीको अग्रपंतिमा पर्छन्। 

एमालेमा दाङकै अर्का नेता शंकर पोखरेलबाट 'पेलिएर' ओली गुटदेखि ओली विद्रोहीसम्म हुन पुगेका उनी प्रभावशाली नेता मानिन्छन्। लामो समय ‌ओली समूहमा रहेका उनी नवौं महाधिवेशनअघि नेपाल समूह प्रवेश गरेका हुन्। सोही समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित उनलाई एमाले अध्यक्ष केपी ओलीले २०७१ सालमा दाङ इन्चार्ज बनाएका हुन्। 

गत निर्वाचनमा दाङ १ बाट चौधरीले ३७ हजार ९०८ मत प्राप्त गरेका थिए भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सुशीला चौधरीले जम्‍मा २४ हजार ७० मत प्राप्त गरिन्। सत्ता गठबन्धनका अन्य दलबाट उक्त क्षेत्रमा प्रभावशाली नेतासमेत नभएकाले मेटमणिले टिकट पाउने सम्भावना बलियो रहेको एकीकृत समाजवादीको बुझाइ छ। 

तीन क्षेत्र भएको दाङको क्षेत्र नं २ मा माओवादी केन्द्रले कृष्णबहादुर महराका लागि आफ्नो भागमा पार्न खोज्नेछ भने क्षेत्र नं ३ मा कांग्रेसका दीपक गिरी छन्। 

फिर्ता बोलाइएकामाथि मूल्यांकन
एकीकृत समाजवादीले फिर्ता बोलाएका चार मन्त्रीको अवस्थाबारे पनि मूल्यांकन गरिएको छ। मूल्याकंन अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले गठबन्धन हुँदा टिकट पाउने सम्भावना न्यून छ। किनभने उनी २०७४ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई पराजित गरेर सांसद बनेका हुन्। सत्ता गठबन्धन समन्वय समितिका संयोजक समेत रहेका पौडेलको क्षेत्र किसानका लागि छाड्ने सम्भावना कमजोर छ। 

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी खोसिएका प्रेम आलेले पनि गठबन्धन हुँदा टिकट पाउने सम्भावना निकै कमजोर छ। उनले २०७४ सालमा नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गरेका हुन्। 

बलायर देउवाको विश्वास पात्रका साथै कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन्। गठबन्धनबाट उम्मेदवार बनेका आलेसँग बलायर २ हजारभन्दा कम मतले पराजित भएका थिए। 

यसैगरी स्वास्थ्यमन्त्रीबाट फिर्ता बोलाइएका विरोध खतिवडा मकवानपुर २ मा निर्वाचित हुन्। उनले २०७४ मा नेपाली कांग्रेस नेतृ महालक्ष्मी डिना उपाध्यायलाई पराजित गरेका हुन्। डिना अहिले कांग्रेस सहमहामन्त्री निर्वाचित भएकी छिन् र उनले समानुपातिकको लाभ नलिने घोषणासमेत गरेकी छिन्। प्रत्यक्ष निर्वाचित हुने डिनाको चाहनालाई तपसीलमा राखेर देउवाले खतिवडाका लागि छुट्याउने सम्भावना कम छ। 

सहरी विकास मन्त्रालयबाट फिर्ता बोलाइएकी रामकुमारी झाँक्रीले हालसम्म प्रत्यक्ष संसदीय निर्वाचनको अनुभव हासिल गरेकी छैनन्। 

गुल्मी २ की उनी विद्यार्थी राजनीतिबाट उदाएकी हुन्। भूगोलको राजनीतिमा सक्रिय हुन नपाएकी उनले टिकट पाउँदा एमाले सचिव गोकर्ण विष्टसँग प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ। विष्टले गत निर्वाचनमा कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले पराजित गरेका हुन्। यसपल्टको स्थानीय तह निर्वाचनमा गुल्मीमा प्रभावशाली देखिएको कांग्रेसले झाँक्रीका लागि स्थान छाड्ने सम्भावना कमजोर छ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्