काठमाडौं– रुपन्देहीको रोहिणी नदीमा भएको यात्रुबस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये पाँच जनाको सनाखत भएको छ।
रूपन्देहीका प्रहरी प्रमुख, एसपी रविन्द्र रेग्मीका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको हो। बाँकी चार जनाको सनाखत हुन बाँकी छ।
जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको यात्रुबस आइतबार बिहान ४:४५ बजेतिर दुर्घटना हुँदा थप २४ जना घाइते भएका छन्। घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको र ९ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरत्न पौडेलले नेपाल लाइभलाई जनाए।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख, डीआईजी नलप्रसाद उपाध्यायले प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएकोजस्तो देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।