काठमाडौं– रुपन्देहीको रोहिणी नदीमा यात्रुबस खस्दा ९ जनाको मृत्यु भएको छ।
जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको यात्रुबस आइतबार बिहान ४:३० बजे दुर्घटना हुँदा थप २४ जना घाइते भएका छन्।
घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको र ९ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरत्न पौडेलले नेपाल लाइभलाई जनाए। मृतक र घाइतेको सनाखत हुन बाँकी छ।
बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा पर्ने रोहिणी नदीमा खसेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उद्धार गरि अस्पताल पुर्याइएको डीएसपी पौडेलले बताए। घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।