• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

के कार्यान्वयन होला त इन्डक्सन चुलो बाँड्ने योजना?  

64x64
सुमित्रा कार्की शनिबार, जेठ २१, २०७९  १३:३०
1140x725

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत् ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ भन्दै 'एक घर एक इन्डक्सन चुलो' बाँड्ने योजना ल्याएको छ। सरकारले यो योजनामार्फत् ६० लाख जनतालाई इन्डक्सन चुलो वितरण गर्ने जानकारी दिएको छ।

अहिले भइरहेको पेट्रोलियम पदार्थको खपत घटाउन र  विद्युतीय उपयोग बढाउनको लागि उक्त चुलो वितरण गर्ने योजना बजेटमार्फत् ल्याएको सरकारको भनाइ छ।
 
सरकारले बजेटमार्फत् ल्याएको योजनालाई प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा प्रतिपक्षी सांसदहरुले आलोचना गरे।  सरकारले विद्युतीय चुलो अनुदान दिने योजना चुनाव खर्च उठाउनको लागि ल्याएको भन्दै प्रतिपक्षी सांसदहरुले आलोचना गरेका हुन्।
 
नेकपा एमालेका सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले इन्डक्सन चुलोको लागि अहिले हाम्रो पूर्वाधार तयार नभएको बताए। ‘अहिलेको अवस्थामा जनताले चाहेर पनि इन्डक्सन चुलो प्रयोग गर्न सकेका छैनन्। यसमा वाइरिङ लगाएतका समस्या छन्। बजेटले यसतर्फ कुनै ध्यान दिएको छैन,' पूर्व अर्थमन्त्री पौडेलले व्यंग्य गर्दै भने भने,  ‘सरकारले नेपालका  केहि सूचीकृत धनाढ्यलाई सित्तैमा इन्डक्सन चुलो बाँड्ने भएछ। धनाढ्यले सित्तैमा चुलो पाउने भए। त्यसको लागि सरकारलाई धन्यवाद!’
 
यसैगरी, नेकपा एमालेका  सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले इन्डक्सन चुलो आश्वासनको रुपमा मात्र अगाडि ल्याएको  बताए। ‘केहि समय अगाडि एउटा छलफल भएको थियो। छलफलमा (पूर्व अर्थमन्त्री) वर्षमान पुनजी पनि हनुहुन्थ्यो। वर्षमानजीले इन्डक्सन चुलो वितरण गर्नुपर्यो भन्नुभयो। त्यो बेलाको छलफलमा स्वयम् अर्थमन्त्री जनार्दन शर्माजीले हाम्रो पूर्वाधार यसको लागि पर्याप्त नभएको स्वीकार गर्नु भएको थियो।’

पाण्डेले  केहि समय अगाडि सरकारले जनतालाई सिएफएल बल्ब निशुल्क बाँड्ने योजना ल्याएको तर त्यो योजना सफल नभएको बताए। 'विद्युतीय चुलो बाँड्ने कुरा पनि सिएफएल बल्ब बाँड्ने चर्चा जस्तै हो। पहिले चर्चा भयो, पछि रोकियो। सरकारले यो खरिद गरेर अनुचित लाभ लिन लागेको त हैन?,' उनले प्रश्न गरे। 

सरकारले बजेट मार्फत ल्याउन लागेको यो योजना कार्यान्वयनमा ल्याउने सम्भावना एकदमै न्यून रहेको यस क्षेत्रका जानकारहरु बताउँछन्। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका एक पूर्व सदस्य कृष्णप्रसाद दुलाल भन्छन्,‘सरकारले बजेटमार्फत् इन्डक्सन चुलो दिने योजना ल्यायो। यो राम्रो कुरा हो। तर, हाम्रो देशको विद्युतको ट्रान्समिटर नै पूर्ण रुपमा विद्युतीय चुलो प्रयोगमा ल्याउने क्षमताको छैन।’

दुलालका अनुसार अहिले सरकारले चुलो बाँड्नेभन्दा पनि पूर्वाधारमा लगानी गर्नुपर्ने अवस्था छ। सरकारले यस्ता योजना ल्याउँदा यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराको पनि कार्यविधि  बनाएर मात्र ल्याउनुपर्ने उनको बुझाइ छ।
 
‘कार्यान्वयन नै हुन सक्दैन भन्न त मिल्दैन काम गर्ने हो भने सकिन्छ। सरकारले चाहेको खण्डमा काम गर्न सक्छ। तर, काम कसरी गर्ने कार्यविधि नै छैन। अहिले भएको हाम्रो पूर्वाधारले सबैले घरमा विद्युतीय चुलो चलाउँदा धान्न सक्ने अवस्था नै छैन,’ उनी भन्छन्।

यसैगरी स्वतन्त्र उर्जा उत्पादक संघका सदस्य प्रकाश दुलाल पनि अहिलेको हाम्रो पूर्वाधारले इन्डक्सन चुलो खपत धान्न नसक्ने बताउँछन्। ‘अहिले भएको ट्रान्फरमरले जाडो याममा हिटरको प्रयोग गर्दा पनि त्यसको क्षमता पूर्णरुपमा धान्न  सकेको छैन। जसले गर्दा सर्वसाधारणले जाडो याममा लोडसेडिङ पनि खेपिरहेका छन्,’उनले भने। 

सरकारले पूर्वाधारलाई मर्मत तथा सम्भार गर्ने हो भने हिउँद याममा केहि समस्या देखिएता पनि अन्य समयमा नेपालमा उत्पादन भएको विद्युतले धान्नसक्ने अवस्था रहेको स्वतन्त्र उर्जा  उत्पादक संघका सदस्य दुलाल बताउँछन्। 

‘सरकारले अहिले नेपालमा उत्पादन भएको विद्युत बढी भएको कारण भारतलाई बेचीरहेको छ। आगामी वर्षमा उत्पादन अझै बढ्ने सम्भावना रहेको छ। यसरकारणले हाम्रो उत्पादन पर्याप्त  रुपमा चुलोको लागि प्रयोग गर्न सकिन्छ,’ दुलालले भने ।

nimb
nimb

अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री जनार्दन शर्मा भने विद्युतीय चुलो अहिले देशको आवश्यकता भएको बताउंछन्। बजेटमा समावेश भएको इन्डक्सन चुलो अनुदान दिने कार्यक्रम चुनावलाई लक्षित गरेर नल्याइएको उनको भनाइ छ। 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथिको छलफलका क्रममा संसद सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले इन्डक्सन चुलो वितरण गर्ने कार्यक्रम चुनाव लक्षित वा पार्टीका मानिसलाई फाइदा पु-याउन ल्याइएको हो कि भनेर शंका नगर्न आग्रह गरे। उनले यो कार्यक्रम देशलाई आयातित खाना पकाउने ग्यासको परनिर्भरता घटाउनका लागि ल्याइएको दाबी गरे। 

इन्डक्सन चुलो वितरण गर्ने कार्यक्रमप्रति प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले प्रतिपक्षी दललाई पनि सँगै लगेर चुलो बाँड्न सकिने बताए। ‘विद्युतीय चुलो अहिले देशको आवश्यकता हो। प्रतिपक्षी दल (नेकपा एमाले) का साथीहरुलाई शंका लागेको हो भने सँगै लगेर बाँड्न सकिन्छ,’ मन्त्री शर्माले भने।  

उनले यो योजना सम्भव भएर नै सुरुवात गर्न लागेको दाबी गरे । नेपाल विद्युत प्राधिकरणलाई सोधेर नै विद्युतीय चुलो वितरण गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको मन्त्री शर्माको भनाइ छ। ‘अहिलेको संरचनाले २५ प्रतिशत धान्ने भएकाले अहिले यत्ति मात्र बाँडौ अनि विस्तारै क्षमता बढाउँदै जाने कुरा बजेटले गरेको हो,’ उनले भने, ‘योसँग भोट साट्ने कुरा छैन। ढुक्क भए हुन्छ,’  अर्थमन्त्री शर्माले भने । 

के छ बजेट वक्तव्यमा?

सरकारले बजेट वक्तव्यको २५२ नम्बर बुँदामा  ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’भन्ने अभियान सञ्चालन गर्ने उल्लेख गरेको छ। यस अभियानमा सरकारले खाना पकाउँदा प्रयोग हुने दाउरा, गुइँठा र एलपी ग्याँसलाई प्रतिस्थापन गर्न बायोग्यास, विद्युतीय चुलो, सुधारिएको  चुलो तथा अन्य उपयुक्त आधुनिक एवं किफायती प्रविधिको व्यापक रुपमा प्रवर्द्धन  गरी करीब एक लाख घरधुरीमा खाना पकाउन स्वच्छ उर्जाको पहँच  पुर्याउने जनाएको छ।
 
सरकारले बजेट वक्तव्यमा एलपीमा ग्यासमा दिँदै आएको अनुदान पनि क्रमश: कटौती गर्ने जानकारी दिएको छ। ग्यासबाट कटौती गरिएको अनुदान विद्युतमा उपयोग बढाउन खर्च  गर्ने सरकारको योजना छ। 

सरकारले आगामी तीन महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रको सबै कार्यालय र निवासलाई ग्यास सिलिन्डर मुक्त क्षेत्र बनाउने लक्ष राखेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत उर्जा क्षेत्रको लागि ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 
 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता बिहीबार हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्य... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौजदात रहेकोमा भोटेकोशी बाढीपछि ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सह... शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितका लागि गोरेटोले गर्‍यो साढे १० लाख सहयोग बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयो... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राजी राणाको एक करोड ९ लाख सहयोग शुक्रबार, भदौ १२, २०८३
आफन्तको खोजीमा अस्पताल धाउँदै बाढी प्रभावित, ‘सास नभए लास भेट्टाउने आश’ शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग शुक्रबार, भदौ १२, २०८३
रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनल प्रवेश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्