काठमाडौं–एक करोड रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक करोड रुपैयाँ जरिवाना सुनाइएका काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ का ४८ वर्षीय रामेश्वर चौलागाईलाई पक्राउ गरेको हो।
बैंकिङ कसुरको मुद्दामा चौलागाईलाई उच्च अदालत पाटनले गत बैशाख ४ गते १ करोड जरिवाना र १ दिन कैदको सजाय सुनाएको थियो ।
पक्राउ परेका चौलागाईलाई फैसला कार्यान्वयनका लागि पठाइने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।