काठमाडौं– नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १ बराबर २ दशमलब ५ को अनुपातमा हकप्रद सेयर दिने भएको छ।
हकप्रद सेयरका लागि साउन ७ मा सेयरधनी पुस्तिका बन्द (बुक क्लोज) हुने नेप्सेले जनाएको छ। तसर्थ साउन ६ सम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्ने छन्।
कम्पनीले २ करोड ४० लाख रुपैयाँ चुक्ता पँुजीको १ बराबर २ दशमलब ५ अनुपात अर्थात् ६ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
२०७४ पुस २७ मा नवौं वार्षिक साधारणसभाले हकप्रद निष्कासन प्रस्ताव पारित गरेको लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्ने अनुमति पाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।