काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपालको किशोरी प्रोजेक्टलाई सहयोग गरेको छ। बैंकले संस्थालाई ३० करोड ३६ लाख रुपैयाँ (युएस डरलर २५,०००) सहयोग गरेको हो।
किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्तएवं सुसज्जित गर्ने लक्ष्य राखेको छ।
परियोजना सातवटै प्रदेशका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहनेछ र यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको छ।
यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल ‘फ्यूचर्समेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड’ सँग मिल्दोजुल्दो छ।
सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ प्रमुख प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सीईओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो।
रकम हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।