काठमाडौं– मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात् सिटिजन लाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने जनाइएको छ।
मुक्तिनाथ विकासले हाल ८३ वटा शाखा, १३ वटा एटिएमबाट ३ लाख ७५ हजार ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।