• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

भूतको युद्ध

गोविन्द बेल्बासे शनिबार, जेठ २१, २०७९  १४:२३
1140x725

युक्रेनमा युद्ध घमासान भएर बारूदले ध्वंश मच्चाइरहेको छ। ‘यूरोभिजन साङ्गीतिक प्रतिस्पर्धा २०२२’ मा युक्रेनले पनि प्रतिनिधित्व गरेर प्रथम पुरस्कार जित्यो। उक्त सहभागितालाई ‘युद्ध साहित्य’ भनेर बुझ्न मन लाग्छ। वीर रसको प्रतिरोध विरूद्धमा श्रृङ्गार रसको हतियार पनि हो। म भने टीभीको स्क्रिनमा फूटबल क्लबहरूबीचका गोल ठोकाठोकभन्दा बढी सङ्गीतका प्रतिस्पर्धा मन पराउँछु।

बारूदको युद्धले तर्साउँछ। तर, मञ्चमा लड्ने योद्धा मन पर्छ। न सबै युद्ध मन पराएर लडिन्छन्, न त बाघ र हरिणबीचको युद्ध टारेर टारिन्छ। मान्छे बाघप्रति टीठ मान्छ र बाघ संरक्षणको अभियान चलाउँछ। तर, बाघ बाँच्न अर्को प्राणीको ज्यान जानु पर्छ। हिंसा तथा अर्को प्राणीको नास पनि मान्छे मन पराउन बाध्य छ।

गोविन्द बेल्बासे

बेलाबखत नाति र मेरोबीचमा पनि युद्ध चल्छ। स्पेसको स्पिकरमा बसेर हात उठाएपछि पालो पर्खिएकै बेला स्कूलबाट फर्किएको हुन्छ ऊ। गार्डेनमा खेल्ने साथी बनाउन मेरो औँला समाउँदै तान्दै गर्छ। मेरो मस्तिष्क मेरो बोल्ने पालो तर्किन्छ भनेर नातिलाई टार्न खोज्छ। कहिले म स्पिकरबाट झरेर उसको खेल्ने साथी बनिदिन्छु। कहिले यता बोल्ने पालो पाएका बखत नातिलाई पर्खाइरहेको हुन्छु। 

यस्ता युद्ध हाम्रा दैनिकी हुन्छन्। बारूद युद्ध आवधिक हुन्छ। कहिले छोटो समय लडिन्छ, कहिले वर्षौँ लम्बिन्छ। जित हारमा रोकिन्छ। बारूद त सलाइको काँटीको टुप्पामा पनि हुन्छ। पधेँराबाट फर्किएपछि आमाले गाग्री सधैँ राख्ने ठाउँमै राख्नु हुन्थ्यो। सलाइका काँटीको बारूद कोर्दै अगेनामा आगो सल्काउनु हुन्थ्यो। बुवाले गोठबाट भरेर ल्याएको दुध कराइमा खनाएर भल्काइन्थ्यो।

माघ महिनामा अगेनाको डिलमा बसेर दिदीले स्वस्थानी कथा वाचन गर्नु हुन्थ्यो। हजुरआमा दुई हातका माझी औँलका बीचमा फूल पर्ने गरेर नमस्करको भावमा शिर झुकाएर ‘नमों नमः’ गर्दै हुनुहुन्थ्यो। अनि, त्यो कथा तारकासुरसँगको युद्धबाट सुरू हुन्थ्यो। हाडबाट पहाड, रगतबाट समुन्द्र, मासुबाट माटो बनेको पृथ्वीबारेको अन्धविश्वास मेरो हार्ड ड्राइभमा भरिइरहेको थियो। मेरो सबै जस्तो स्पेश खाली रहेको मेमोरी खै कति एम्बी वा जीबी पो थियो कुन्नि? त्यस्तै डेटाहरू मेमोरीबाट मेरो गिदीका हार्ड डिस्कमा भरिँदै गए। त्यसै गरी रामले रावणलाइ बध गरेको युद्धको कथाले पनि एउटा फोल्डर बनाएर कुनामा थन्कायो। कौरव र पाण्डवहरूको युद्धको विवरण, त्यो युद्ध हुनुको कारण, महाभारतको कथाका रूपमा अर्को फोल्डर बनाएर गीदीको अर्को कुनामा थन्किन पुग्यो।

मोदनाथ प्रश्रीतले लेखेको ‘मनोहरादेखि मानवसम्म’ भन्ने पुस्तक पढेपछि गिदीभित्रको युद्धको स्वरूप परिवर्तन भयो। विज्ञान सरले व्याख्या गरेको डार्बिनको विकासवादले ‘स्वस्थानी कथा’ले ओगटेको अन्धविश्वास फोल्डर डिलिट गर्न हम्मे हम्मे पर्‍यो।

म ६ वर्षको हुँदा ठूला पधेँरामाथिको कोलमा भूत देखेँ। भूत हुँदैन भन्छन्न् कोही। म भने ‘आफैंले देखेको छु तैँले भनेर हुन्छ!’ भनेर जोरका तोर गर्ने गर्थेँ। उमेरले सिकाएर होला त्यस्तो जोरका तोर हुने वाक युद्धमा संयमित हुन अलिअलि सिकेको छु। तर, कहिलेकाहीँ ब्लड प्रेसरले पारा चढाउँछ र त्यस्ता वाकयुद्ध त कति चल्छन् कति!

हुँदाहुँदा भूतबारे अनेकखन्ड पढेँ। प्रोफेसरहरूका लेक्चर सुनेँ। विभिन्न चलचित्र हेरेँ। त्यसपछि आफैँले देखेको भूत हुँदैहुँदैन भन्ने विश्वासको लडाइ जितेँ।

Ncell 2
Ncell 2

उहिले ‘भूत हुन्न’ भन्नेहरूसँग ‘भूत हुन्छ’ भनेर आफ्नो तर्क माथि पार्ने हठ ओकल्ने गर्थेँ। हिजोआज भूत हुँदैन भन्ने तर्क जित्न हठ गर्ने गर्छु। भूत हुन्छ कि हुँदैन भन्ने गिदीभित्रको युद्धले सेतो झण्डा देखाएर शान्ति कायम गरेको छ। र, विश्वस्त भएको छु, भूत हुँदै हुँदैन।

उति बेला मेरो गिदीको हार्ड डिस्क पूरै खाली थियो। छन त अपरेटिङ सिस्टमका केही डेटा पहिलेदेखि थिए होलान्, तर खाली नै भन्दा हुन्छ। दिदीहरूले सुनाएका भूतका कथाहरू एउटा फोल्डरमा भरिँदा स्वस्थानीको कथा पनि रेकर्ड भएको थिएन। पधेँरामा सिद्ध भूत छन् भनेर सुन्तली दिदीले सुनाउनु भएको थियो। कतिपय भूत आक्रामक भए पनि कतिपय सोझा हुने बताउनुहुन्थ्यो। सिद्ध भूतमा पनि भलाद्मी आचरण हुन्छ भन्नु हुन्थ्यो। अनि सेता कपडा लगाएका अग्ला हुन्छन् भनेर राति ‘सुताउने कथा’ सुनाउनु भएको थियो।

सानै उमेरदेखि मलाई हिन्दी सिनेमा हेर्ने लत पनि बसेको छ अलिअलि। कतिपय भूतका कथा भएको फिल्म हेर्दा पनि रमाइलै लाग्छ। त्यही क्रममा ‘लगेरहो मुन्ना भाइ’ हेरेँ। त्यो फिल्ममा नायक सञ्जय दत्तले सन् १९४८ मै मरिसकेका महात्मा गान्धीलाई ६० वर्षपछि देख्ने गरेको प्रसङ्ग छ। एक प्रकारले भन्ने हो भने गान्धीको भूत देख्थे भन्न पर्ला। रेडियोमा श्रोताले सोधेको प्रश्नको उत्तर गान्धीले नायकलाई सिकाउँछन्। फिल्मको अन्त्यतिर एउटा प्रश्नको उत्तर दिन गान्धी आउँदैनन्। नायकले गान्धीले दिएका ज्ञानको निकै अध्ययन गरेका कारण सबै कुराको उत्तर गान्धीले दिएको रहस्य चिकित्सकले बताउँछन्। नायकले पढेका किताबमा नलेखिएको विषयको प्रश्न दिन गान्धी नदेखिनु नायकको गिदीको मेमोरी हार्ड डिस्कमा रेकर्ड नभएकोले रहेछ भन्ने सन्देश बुझेँ मैले।

त्यसपछि मैले देखेको सिद्ध भूत विषयको गिदीभित्र वर्षौ चलेको युद्ध पनि रोकियो। त्यो भूत मैले साँझमा देखेको थिएँ। ठ्याक्कै दिदीले पधेँराको भूतको विवरण सुनाएजस्तै भूत देखेको थिएँ।

त्यस दिन, स्कूलबाट फर्किएर घरमा पुग्दा आमालाई नदेखेपछि दिदीलाई सोधेँ। दिदीले आमा तेल पेल्न जानु भएको बताउनुभयो। मलाई थाहा भएको तेल पेल्ने काठको कोल त्यही पँधेरानिर थियो। म अरू केही नभनी आमालाइ भेट्न कोलमा गएँ। तर, त्यो कोलमा राम्रोसँग तोरी नपेलिने तथा तेल कम निस्कने हुनाले आमाहरू अलि टाढको कोलमा जानु भएको रहेछ। 

जाडो महिना भएकोले दिन छोटा थिए। पहेँली घाममा बारीको डिलै डिलको गोरेटो मोडिएर कोल देखिने ठाउँमा आमाहरू कोही नभएर सुनसान देखेँ। त्यो कालो भएको कोलको तेर्सो काठ र बीचको मुढे भागको शून्यताबीच मेरो गिदीको फोल्डर खुलेछ। दिदीले सुनाएको सिद्ध भूतको फोल्डरको फाइल खुलेकोले मेरा आँखाले त्यही इमेज फाइल देखेको भ्रम भयो। वास्तवमा मेरा आँखाले हैन दिमागले मात्र त्यो दृष्य देखेको थियो।

जब मेरो गिदीको भूत युद्ध सकियो, त्यसपछि अँध्यारोमा भूतले छल्ने डरले सताउन पनि छाड्यो। भूत देख्नै छाडेँ। पहिला पहिला त यति डर लाग्थ्यो कि, सबै जना तल्लो तलामा बसेको समयमा माथि कोठामा पुगेर बिजुलीको स्वीच थिचेर उज्यालो नपार्दासम्म कुन भूतले छल्छ अब भन्ने डर लाग्थ्यो।

अधिवक्ता बेल्बासे बेलायतमा बसोबास गर्छन्।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्