• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

भूतको युद्ध

गोविन्द बेल्बासे शनिबार, जेठ २१, २०७९  १४:२३
1140x725

युक्रेनमा युद्ध घमासान भएर बारूदले ध्वंश मच्चाइरहेको छ। ‘यूरोभिजन साङ्गीतिक प्रतिस्पर्धा २०२२’ मा युक्रेनले पनि प्रतिनिधित्व गरेर प्रथम पुरस्कार जित्यो। उक्त सहभागितालाई ‘युद्ध साहित्य’ भनेर बुझ्न मन लाग्छ। वीर रसको प्रतिरोध विरूद्धमा श्रृङ्गार रसको हतियार पनि हो। म भने टीभीको स्क्रिनमा फूटबल क्लबहरूबीचका गोल ठोकाठोकभन्दा बढी सङ्गीतका प्रतिस्पर्धा मन पराउँछु।

बारूदको युद्धले तर्साउँछ। तर, मञ्चमा लड्ने योद्धा मन पर्छ। न सबै युद्ध मन पराएर लडिन्छन्, न त बाघ र हरिणबीचको युद्ध टारेर टारिन्छ। मान्छे बाघप्रति टीठ मान्छ र बाघ संरक्षणको अभियान चलाउँछ। तर, बाघ बाँच्न अर्को प्राणीको ज्यान जानु पर्छ। हिंसा तथा अर्को प्राणीको नास पनि मान्छे मन पराउन बाध्य छ।

गोविन्द बेल्बासे

बेलाबखत नाति र मेरोबीचमा पनि युद्ध चल्छ। स्पेसको स्पिकरमा बसेर हात उठाएपछि पालो पर्खिएकै बेला स्कूलबाट फर्किएको हुन्छ ऊ। गार्डेनमा खेल्ने साथी बनाउन मेरो औँला समाउँदै तान्दै गर्छ। मेरो मस्तिष्क मेरो बोल्ने पालो तर्किन्छ भनेर नातिलाई टार्न खोज्छ। कहिले म स्पिकरबाट झरेर उसको खेल्ने साथी बनिदिन्छु। कहिले यता बोल्ने पालो पाएका बखत नातिलाई पर्खाइरहेको हुन्छु। 

यस्ता युद्ध हाम्रा दैनिकी हुन्छन्। बारूद युद्ध आवधिक हुन्छ। कहिले छोटो समय लडिन्छ, कहिले वर्षौँ लम्बिन्छ। जित हारमा रोकिन्छ। बारूद त सलाइको काँटीको टुप्पामा पनि हुन्छ। पधेँराबाट फर्किएपछि आमाले गाग्री सधैँ राख्ने ठाउँमै राख्नु हुन्थ्यो। सलाइका काँटीको बारूद कोर्दै अगेनामा आगो सल्काउनु हुन्थ्यो। बुवाले गोठबाट भरेर ल्याएको दुध कराइमा खनाएर भल्काइन्थ्यो।

माघ महिनामा अगेनाको डिलमा बसेर दिदीले स्वस्थानी कथा वाचन गर्नु हुन्थ्यो। हजुरआमा दुई हातका माझी औँलका बीचमा फूल पर्ने गरेर नमस्करको भावमा शिर झुकाएर ‘नमों नमः’ गर्दै हुनुहुन्थ्यो। अनि, त्यो कथा तारकासुरसँगको युद्धबाट सुरू हुन्थ्यो। हाडबाट पहाड, रगतबाट समुन्द्र, मासुबाट माटो बनेको पृथ्वीबारेको अन्धविश्वास मेरो हार्ड ड्राइभमा भरिइरहेको थियो। मेरो सबै जस्तो स्पेश खाली रहेको मेमोरी खै कति एम्बी वा जीबी पो थियो कुन्नि? त्यस्तै डेटाहरू मेमोरीबाट मेरो गिदीका हार्ड डिस्कमा भरिँदै गए। त्यसै गरी रामले रावणलाइ बध गरेको युद्धको कथाले पनि एउटा फोल्डर बनाएर कुनामा थन्कायो। कौरव र पाण्डवहरूको युद्धको विवरण, त्यो युद्ध हुनुको कारण, महाभारतको कथाका रूपमा अर्को फोल्डर बनाएर गीदीको अर्को कुनामा थन्किन पुग्यो।

मोदनाथ प्रश्रीतले लेखेको ‘मनोहरादेखि मानवसम्म’ भन्ने पुस्तक पढेपछि गिदीभित्रको युद्धको स्वरूप परिवर्तन भयो। विज्ञान सरले व्याख्या गरेको डार्बिनको विकासवादले ‘स्वस्थानी कथा’ले ओगटेको अन्धविश्वास फोल्डर डिलिट गर्न हम्मे हम्मे पर्‍यो।

म ६ वर्षको हुँदा ठूला पधेँरामाथिको कोलमा भूत देखेँ। भूत हुँदैन भन्छन्न् कोही। म भने ‘आफैंले देखेको छु तैँले भनेर हुन्छ!’ भनेर जोरका तोर गर्ने गर्थेँ। उमेरले सिकाएर होला त्यस्तो जोरका तोर हुने वाक युद्धमा संयमित हुन अलिअलि सिकेको छु। तर, कहिलेकाहीँ ब्लड प्रेसरले पारा चढाउँछ र त्यस्ता वाकयुद्ध त कति चल्छन् कति!

हुँदाहुँदा भूतबारे अनेकखन्ड पढेँ। प्रोफेसरहरूका लेक्चर सुनेँ। विभिन्न चलचित्र हेरेँ। त्यसपछि आफैँले देखेको भूत हुँदैहुँदैन भन्ने विश्वासको लडाइ जितेँ।

Ncell 2
Ncell 2
nimb
nimb

उहिले ‘भूत हुन्न’ भन्नेहरूसँग ‘भूत हुन्छ’ भनेर आफ्नो तर्क माथि पार्ने हठ ओकल्ने गर्थेँ। हिजोआज भूत हुँदैन भन्ने तर्क जित्न हठ गर्ने गर्छु। भूत हुन्छ कि हुँदैन भन्ने गिदीभित्रको युद्धले सेतो झण्डा देखाएर शान्ति कायम गरेको छ। र, विश्वस्त भएको छु, भूत हुँदै हुँदैन।

उति बेला मेरो गिदीको हार्ड डिस्क पूरै खाली थियो। छन त अपरेटिङ सिस्टमका केही डेटा पहिलेदेखि थिए होलान्, तर खाली नै भन्दा हुन्छ। दिदीहरूले सुनाएका भूतका कथाहरू एउटा फोल्डरमा भरिँदा स्वस्थानीको कथा पनि रेकर्ड भएको थिएन। पधेँरामा सिद्ध भूत छन् भनेर सुन्तली दिदीले सुनाउनु भएको थियो। कतिपय भूत आक्रामक भए पनि कतिपय सोझा हुने बताउनुहुन्थ्यो। सिद्ध भूतमा पनि भलाद्मी आचरण हुन्छ भन्नु हुन्थ्यो। अनि सेता कपडा लगाएका अग्ला हुन्छन् भनेर राति ‘सुताउने कथा’ सुनाउनु भएको थियो।

सानै उमेरदेखि मलाई हिन्दी सिनेमा हेर्ने लत पनि बसेको छ अलिअलि। कतिपय भूतका कथा भएको फिल्म हेर्दा पनि रमाइलै लाग्छ। त्यही क्रममा ‘लगेरहो मुन्ना भाइ’ हेरेँ। त्यो फिल्ममा नायक सञ्जय दत्तले सन् १९४८ मै मरिसकेका महात्मा गान्धीलाई ६० वर्षपछि देख्ने गरेको प्रसङ्ग छ। एक प्रकारले भन्ने हो भने गान्धीको भूत देख्थे भन्न पर्ला। रेडियोमा श्रोताले सोधेको प्रश्नको उत्तर गान्धीले नायकलाई सिकाउँछन्। फिल्मको अन्त्यतिर एउटा प्रश्नको उत्तर दिन गान्धी आउँदैनन्। नायकले गान्धीले दिएका ज्ञानको निकै अध्ययन गरेका कारण सबै कुराको उत्तर गान्धीले दिएको रहस्य चिकित्सकले बताउँछन्। नायकले पढेका किताबमा नलेखिएको विषयको प्रश्न दिन गान्धी नदेखिनु नायकको गिदीको मेमोरी हार्ड डिस्कमा रेकर्ड नभएकोले रहेछ भन्ने सन्देश बुझेँ मैले।

त्यसपछि मैले देखेको सिद्ध भूत विषयको गिदीभित्र वर्षौ चलेको युद्ध पनि रोकियो। त्यो भूत मैले साँझमा देखेको थिएँ। ठ्याक्कै दिदीले पधेँराको भूतको विवरण सुनाएजस्तै भूत देखेको थिएँ।

Xtrem

Xtrem

त्यस दिन, स्कूलबाट फर्किएर घरमा पुग्दा आमालाई नदेखेपछि दिदीलाई सोधेँ। दिदीले आमा तेल पेल्न जानु भएको बताउनुभयो। मलाई थाहा भएको तेल पेल्ने काठको कोल त्यही पँधेरानिर थियो। म अरू केही नभनी आमालाइ भेट्न कोलमा गएँ। तर, त्यो कोलमा राम्रोसँग तोरी नपेलिने तथा तेल कम निस्कने हुनाले आमाहरू अलि टाढको कोलमा जानु भएको रहेछ। 

जाडो महिना भएकोले दिन छोटा थिए। पहेँली घाममा बारीको डिलै डिलको गोरेटो मोडिएर कोल देखिने ठाउँमा आमाहरू कोही नभएर सुनसान देखेँ। त्यो कालो भएको कोलको तेर्सो काठ र बीचको मुढे भागको शून्यताबीच मेरो गिदीको फोल्डर खुलेछ। दिदीले सुनाएको सिद्ध भूतको फोल्डरको फाइल खुलेकोले मेरा आँखाले त्यही इमेज फाइल देखेको भ्रम भयो। वास्तवमा मेरा आँखाले हैन दिमागले मात्र त्यो दृष्य देखेको थियो।

जब मेरो गिदीको भूत युद्ध सकियो, त्यसपछि अँध्यारोमा भूतले छल्ने डरले सताउन पनि छाड्यो। भूत देख्नै छाडेँ। पहिला पहिला त यति डर लाग्थ्यो कि, सबै जना तल्लो तलामा बसेको समयमा माथि कोठामा पुगेर बिजुलीको स्वीच थिचेर उज्यालो नपार्दासम्म कुन भूतले छल्छ अब भन्ने डर लाग्थ्यो।

अधिवक्ता बेल्बासे बेलायतमा बसोबास गर्छन्।

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्