• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘सी’ डिभिजनमा मिलेमतोको आरोप : एन्फा राजनीति कि बाध्यताले उठाइएको मुद्दा?

64x64
दीप सुवेदी बुधबार, जेठ १८, २०७९  ०७:०३
1140x725

काठमाडौं– फुटबल लिगका खेलहरु जति अन्तिम चरणमा पुग्छन्, उति नै रोचक हुने गर्छन्। एकको जित र अर्कोको हारले रेलिगेसन र प्रमोसनको गणित धेरै प्रभावित पार्छ। जारी सहिद स्मारक ‘सी’ डिभिजनको लिग पनि उस्तै रोचक मोडमा छ।

१२ खेलमा १० जित, १ बराबरी र १ हारसहित ३१ अंकका साथ झापा फुटबल क्लबले ‘बी’ डिभिजनको टिकट काट्दा अन्य दुई क्लब आरसी–३२ स्पोर्टस क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच चर्को प्रतिस्पर्धा छ। 

लिगको नियमअनुसार सहभागी १४ क्लबमध्ये दुई क्लबमात्रै ‘बी’ डिभिजनमा उक्लिने प्रावधान छ। सोहीअनुसार ‘सी’ डिभिजन लिग डेब्यूमा गत वर्ष बढुवा नजिक पुगेर पनि अड्किएको झापाले यसपालि एक खेल बाँकी छँदै ‘बी’ डिभिजनको यात्रा तय गरिसकेको छ।

प्रशिक्षक अंकुरकुमार खड्गीले सम्हालेको झापा १२औं चरण समाप्तीमा शीर्षस्थानमा रहँदा बढुवाको होडमा रहेका प्लानिङ ब्वाइज र आरसी–३२ समान २८ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। त्यसैले यी दुई टोलीमध्ये कुन ‘बी’ डिभिजनमा उक्लिने हुन्, त्यो अन्तिम खेलबाट नै टुङ्गो लाग्ने छ। आरसी–३२ ले स्पोर्टस् एकेडेमी र प्लानिङ ब्वाइजले ओसिस क्लबविरुद्ध अन्तिम खेल खेल्दा रोचक प्रतिश्पर्धा हुने आकलन गर्न सकिन्छ।

तर, जारी प्रतियोगितामा रेलिगेसन–प्रमोसन भइरहँदा खेल मिलेमतोको प्रसंग पनि उठ्न थालेको छ। खेल मिलेमतोको विषय सोमबार आरसी–३२ का प्रमुख रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा उठाएका हुन्। यसैवर्ष मात्र ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा सफलता हासिल गर्दै डिभिजन लिगको सबैभन्दा तल्लो श्रेणीको हैसियत हासिल गरेको आरसी–३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोश पोख्दै फेसबुकमार्फत् जारी प्रतियोगितामा खेल मिलेमतोको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘जारी एन्फा सी डिभिजन लिगका धेरै खेलहरुमा मिलेमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाले केही गर्न नसक्नु कतिसम्म लाजमर्दो कुरा हो। तिमीहरूको पो केही जाँदैन, हाम्रो त एक एक मेहनत गरेर जोडेको पैसाको लगानी छ यसमा! खेलको भावनामा खेलवाड गर्ने अधिकार तिमीहरुलाई छैन। एउटा सी डिभिजन लिग त व्यवस्थित तरिकाले चलाउन सक्दैनौ तिमीहरु, अझ विश्वकपको १० वटा खेल नेपालमा गराउँछौं भन्न कुन मुखले सकेको होला!’

नेपालको घरेलु फुटबलमा मिलोमतोको विषय उठेको यो पहिलो पटक होइन। प्रत्येक वर्ष विभिन्न डिभिजनका लिगमा मिलेमतो गरेको आरोप लाग्ने गर्छ। गत वर्षपनि ‘सी’ डिभिजन छनोटमा धादिङको शुभारम्भ क्लब र सिन्धुलीको दुधौली क्लबले खेल मिलेमतो भएको भन्दै छानबिनका लागि नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा सचिवालयमा पत्र बुझाएको थियो। 

उक्त उजुरीउपर कुनै छानबिन नगरिकनै ‘खेल मिलोमतो गरेको तथ्य फेला पर्न नसकेको’ भन्दै सामसुम बनाएको थियो। तर, निर्देशक सञ्जिव मिश्रा भने खेल हार्ने परिस्थिति सिर्जना भएपछि मिलोमतो भएको कुरा उठ्ने गरेको बताउँछन्। ‘प्रायः खेल हारेपछि या महत्त्वपूर्ण खेलमा चुकेपछि मिलोमतो भयो भनेर कुरा उठ्ने गरेको छ। गत वर्षपनि ‘सी’ डिभिजन छनोटमा धादिङको शुभराम्भले धादिङकै लगनशील युवा क्लब र ललितपुरको इमाडोल क्लबबीच तथा दुधौलीले दक्षिणकाली परोपकार क्लब र मध्यपुर जागरुग युवा क्लबबीच खेल मिलोमतो भयो भनेर उजुरी गरेका थिए। तर, मिलोमतो भएकै भनेर कुनै शंका गर्ने ठाउँ थिएन र पुष्टि पनि भए,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

‘सी’ डिभिजनमा आरसी–३२ र प्लानिङ ब्वाइजबीचको जस्तो प्रतिस्पर्धा गत साता इङ्लिस प्रिमियर लिगको उपाधि होडमा पनि नदेखिएको होइन। एक अंकले अगाडि रहेको म्यान्चेस्टर सिटीलाई उपाधि जित्न बराबरी मात्रै होइन, स्पष्ट जितको आवश्यक थियो। यता, लिगको दोस्रो स्थानमा रहेको लिभरपुललाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको थियो।

सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको भए र लिभपुलले वल्भ्समाथि ३–१ कै जित निकालेको भए उपाधि उचाल्ने निश्चित थियो। तर, ७८औं मिनेटसम्म दुई गोलले पछि रहेको सिटीले करिब पाँच मिनेटमै ३ गोल गर्दै एस्टन भिल्लामाथि ३–२ को जित निकाल्यो र समग्रमा ३८ खेलमा ९३ अंकसाथ सिटी उपाधि जोगाउन सफल रह्यो।

अहिले यस्तै चर्को प्रतिस्पर्धा आरसी–३२ र प्लानिङ ब्वाइजबीच छ। झापाले अन्तिम खेलमा स्वयम्भुविरुद्ध हार बेहोरे पनि त्यसले उसको ‘बी’ डिभिजन यात्रालाई रोक्ने छैन। किनभने, अन्तिम खेलमा प्लानिङ ब्वाइजले ओएसिस र आरसी–३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई पराजित गर्दै अंक बराबरी गरे पनि झापा ‘हेड टु हेड’बाट शीर्ष दुईमा रहने पक्का छ। झापाले प्लानिङ ब्वाइज र आरसी–३२ विरुद्ध बराबरी खेलेको थियो भने प्लानिङ ब्वाइजले आरसी–३२ लाई पराजित गरेको थियो। त्यसैले यी तीन टिमबीचको प्रतिस्पर्धाका आधारमा ‘हेड टु हेड’मा झापा शीर्ष दुईमै रहनेछ। बाँकी दुई क्लबमध्ये एकले बाजी मार्ने निश्चित छ। 

यी क्लबबीच मैदानमा अंकको लागि तीव्र प्रतिश्पर्धा भए पनि दुवै क्लबका प्रमुख पदाधिकारीबीच गाढा मित्रता छ। यी दुई क्लबका मालिक आसन्न एन्फा निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ निकटका हुन्। आरसी–३२ सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्दको हो भने प्लानिङ ब्वाइज एन्फा केन्द्रीय सदस्य दावा लामाको हो। लामाले आसन्न निर्वाचनको लागि नेम्वाङ समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने चन्दले सदस्यमा।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी दुई पात्र विवादबाट पनि मुक्त छैनन्। ‘बी’ र ‘सी’ डिभिजन क्लबको निर्वाचन प्रतिनिधि छनोट प्रक्रिया स्थगन गरिएपछि लामाले सातदोवाटोस्थित एन्फा मुख्यालयको निर्वाचन समितिको कक्षमा तोडफोड गरेका थिए। 

यता, पुल्चोक स्पोर्टस् क्लबसँग २–२ गोलको बराबरी खेलेसँगै चन्दसहित आरसी–३२  का खेलाडी र अफिसियल म्याच रेफ्री र अफिसियलविरुद्ध हातपातमा उत्रिएका थिए। त्यसपछि एन्फाको अनुशासन कमिटिले आरसी–३२ लाई १ लाख ५० हजार जरिवाना गरेको थियो। यस घटनामा संलग्न खेलाडी अनिश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ। त्यस्तै खेलाडीद्वय विदुर रिजाल र प्रविन राईलाई एक वर्षको प्रतिबन्ध लागेको छ।

एन्फाले चन्दलाई फुटबल गतिविधिमा एक वर्षको प्रतिबन्ध लगाएको थियो। अहिले एन्फा हाँकिरहेका कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ दुई विपरित ध्रवमा छन्। निर्वाचनको मिति जतिजति नजिकिँदै छ, यी दुई पनि आफू अनकूल नतिजा निकाल्न कम्मर कसेर लागेका छन्। यस्तो स्थितिमा जिल्ला बाहिरका क्लबका मतदातालाई प्रभावित पार्न नेम्वाङले ‘चन्द कार्ड’ चालेका हुन् कि भन्ने आशंका छ।

अर्कोतर्फ चन्द स्वयमले यसबारे उजुरी नदिनुले पनि मिलेमतोको प्रसंग उठाएर चुनावी फन्डा निकालेको आरोप लाग्नु गलत नहोला। यसबारे नेपाल लाइभसँग लिग निर्देशक मिश्रले मिलेमतोको उजुरी नपरेको जानकारी दिए। ‘उहाँ (चन्द)ले सामाजिक सञ्जालमा लेखेको कुरा थाहा छ। तर, कुन खेलमा मिलेमतो भएको हो भन्ने खुलाउनु भएको छैन र उजुरी पनि दिनु भएको छैन। उहाँले कुन खेलमा भयो, कहाँ भयो र कहिले भयो त भन्नु पर्योी नि,’ उनले भने,‘उजुरी आए हामीले छानबिन गर्ने हो। उजुरी नै नआए के–को आधारमा छानबिन गर्नु?’ उनले भने।

अहिले एन्फाले हरेक खेल लाइभ गर्ने गरेको छ। यसअघि पनि एन्फाले ‘सी’ डिभिजन छनोटको लाइभ दिएको थियो। सकेसम्म खेललाई निश्पक्ष बनाउनका लागि एन्फाले सिमित स्रोत र साधनको उपयोग गर्दै खेललाई मिलोमतोरहीत बनाउन लागि परेको मिश्र बताउँछन्। ‘पहिला हामीसँग टेक्नोलोजी भएन। क्यामेरा थिएन, केही नै थिएन। अहिले हरेक खेल रेकर्ड गरिएको छ। कसैले खेल जितिरहँदा कुरा नउठाउने र अन्ततिर पुगेपछि मिलेमतो भयो भनेर भन्छ भने आउनूस् भिडियो छ छानबिन गरौं। कता भएछ, के भएछ हामी हेर्छौं,’ उनले भने।

विगतमा ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब, बौद्ध फुटबल क्लब, न्युरोड टिम (एनआरटी) र च्यासल युवा क्लबले मिलेमतो गरेको तथ्य पनि छ। तर, अनुगमन गर्ने निकाय नहुनु र एन्फामा सोही क्लबका प्रतिनिधिको हालिमुहाली हुनुले त्यस्ता घटना सामसुम बनाइने गरेका थिए।

अहिले तथ्य परिवर्तन नभए पनि एन्फा जागरुक बनेको लिग निर्देशक मिश्र दाबी गर्छन्। ‘विगतभन्दा अहिले खेललाई निश्पक्ष बनाउन अनुगमन गर्ने निकाय बनाएका छौं। हामीसँग इन्टीग्रिटी विभाग छ। त्यसैले उजुरीको आधारमा छानबिन गर्छ र कारबाहीको प्रक्रिया अगाडि बढाउँछ। बिनाआधार होइन, आधार लिएर आउनुपर्छ,’ उनी भन्छन्।

उनले जे सुकै दाबी गरे पनि २०६२ सालयता भने मिलेमतोको विषय जोडतोडले उठिरहेको छ। तर, खेल हुँदासम्म चुपचाप बस्ने र अन्तिममा नतिजालाई नै फरक पार्ने स्थिति आएपछि भने सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोख्ने प्रवृत्ति एन्फा राजनीतिको प्रभाव हो कि बाध्यता बस् हो त्यो आरसी–३२ र चन्दले जवाफ दिनुपर्छ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्