• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘सी’ डिभिजनमा मिलेमतोको आरोप : एन्फा राजनीति कि बाध्यताले उठाइएको मुद्दा?

64x64
दीप सुवेदी बुधबार, जेठ १८, २०७९  ०७:०३
1140x725

काठमाडौं– फुटबल लिगका खेलहरु जति अन्तिम चरणमा पुग्छन्, उति नै रोचक हुने गर्छन्। एकको जित र अर्कोको हारले रेलिगेसन र प्रमोसनको गणित धेरै प्रभावित पार्छ। जारी सहिद स्मारक ‘सी’ डिभिजनको लिग पनि उस्तै रोचक मोडमा छ।

१२ खेलमा १० जित, १ बराबरी र १ हारसहित ३१ अंकका साथ झापा फुटबल क्लबले ‘बी’ डिभिजनको टिकट काट्दा अन्य दुई क्लब आरसी–३२ स्पोर्टस क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच चर्को प्रतिस्पर्धा छ। 

लिगको नियमअनुसार सहभागी १४ क्लबमध्ये दुई क्लबमात्रै ‘बी’ डिभिजनमा उक्लिने प्रावधान छ। सोहीअनुसार ‘सी’ डिभिजन लिग डेब्यूमा गत वर्ष बढुवा नजिक पुगेर पनि अड्किएको झापाले यसपालि एक खेल बाँकी छँदै ‘बी’ डिभिजनको यात्रा तय गरिसकेको छ।

प्रशिक्षक अंकुरकुमार खड्गीले सम्हालेको झापा १२औं चरण समाप्तीमा शीर्षस्थानमा रहँदा बढुवाको होडमा रहेका प्लानिङ ब्वाइज र आरसी–३२ समान २८ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। त्यसैले यी दुई टोलीमध्ये कुन ‘बी’ डिभिजनमा उक्लिने हुन्, त्यो अन्तिम खेलबाट नै टुङ्गो लाग्ने छ। आरसी–३२ ले स्पोर्टस् एकेडेमी र प्लानिङ ब्वाइजले ओसिस क्लबविरुद्ध अन्तिम खेल खेल्दा रोचक प्रतिश्पर्धा हुने आकलन गर्न सकिन्छ।

तर, जारी प्रतियोगितामा रेलिगेसन–प्रमोसन भइरहँदा खेल मिलेमतोको प्रसंग पनि उठ्न थालेको छ। खेल मिलेमतोको विषय सोमबार आरसी–३२ का प्रमुख रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा उठाएका हुन्। यसैवर्ष मात्र ‘सी’ डिभिजन लिग छनोट प्रतियोगितामा सफलता हासिल गर्दै डिभिजन लिगको सबैभन्दा तल्लो श्रेणीको हैसियत हासिल गरेको आरसी–३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोश पोख्दै फेसबुकमार्फत् जारी प्रतियोगितामा खेल मिलेमतोको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘जारी एन्फा सी डिभिजन लिगका धेरै खेलहरुमा मिलेमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाले केही गर्न नसक्नु कतिसम्म लाजमर्दो कुरा हो। तिमीहरूको पो केही जाँदैन, हाम्रो त एक एक मेहनत गरेर जोडेको पैसाको लगानी छ यसमा! खेलको भावनामा खेलवाड गर्ने अधिकार तिमीहरुलाई छैन। एउटा सी डिभिजन लिग त व्यवस्थित तरिकाले चलाउन सक्दैनौ तिमीहरु, अझ विश्वकपको १० वटा खेल नेपालमा गराउँछौं भन्न कुन मुखले सकेको होला!’

नेपालको घरेलु फुटबलमा मिलोमतोको विषय उठेको यो पहिलो पटक होइन। प्रत्येक वर्ष विभिन्न डिभिजनका लिगमा मिलेमतो गरेको आरोप लाग्ने गर्छ। गत वर्षपनि ‘सी’ डिभिजन छनोटमा धादिङको शुभारम्भ क्लब र सिन्धुलीको दुधौली क्लबले खेल मिलेमतो भएको भन्दै छानबिनका लागि नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा सचिवालयमा पत्र बुझाएको थियो। 

उक्त उजुरीउपर कुनै छानबिन नगरिकनै ‘खेल मिलोमतो गरेको तथ्य फेला पर्न नसकेको’ भन्दै सामसुम बनाएको थियो। तर, निर्देशक सञ्जिव मिश्रा भने खेल हार्ने परिस्थिति सिर्जना भएपछि मिलोमतो भएको कुरा उठ्ने गरेको बताउँछन्। ‘प्रायः खेल हारेपछि या महत्त्वपूर्ण खेलमा चुकेपछि मिलोमतो भयो भनेर कुरा उठ्ने गरेको छ। गत वर्षपनि ‘सी’ डिभिजन छनोटमा धादिङको शुभराम्भले धादिङकै लगनशील युवा क्लब र ललितपुरको इमाडोल क्लबबीच तथा दुधौलीले दक्षिणकाली परोपकार क्लब र मध्यपुर जागरुग युवा क्लबबीच खेल मिलोमतो भयो भनेर उजुरी गरेका थिए। तर, मिलोमतो भएकै भनेर कुनै शंका गर्ने ठाउँ थिएन र पुष्टि पनि भए,’ उनले भने।

Ncell 2
Ncell 2

‘सी’ डिभिजनमा आरसी–३२ र प्लानिङ ब्वाइजबीचको जस्तो प्रतिस्पर्धा गत साता इङ्लिस प्रिमियर लिगको उपाधि होडमा पनि नदेखिएको होइन। एक अंकले अगाडि रहेको म्यान्चेस्टर सिटीलाई उपाधि जित्न बराबरी मात्रै होइन, स्पष्ट जितको आवश्यक थियो। यता, लिगको दोस्रो स्थानमा रहेको लिभरपुललाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको थियो।

सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको भए र लिभपुलले वल्भ्समाथि ३–१ कै जित निकालेको भए उपाधि उचाल्ने निश्चित थियो। तर, ७८औं मिनेटसम्म दुई गोलले पछि रहेको सिटीले करिब पाँच मिनेटमै ३ गोल गर्दै एस्टन भिल्लामाथि ३–२ को जित निकाल्यो र समग्रमा ३८ खेलमा ९३ अंकसाथ सिटी उपाधि जोगाउन सफल रह्यो।

अहिले यस्तै चर्को प्रतिस्पर्धा आरसी–३२ र प्लानिङ ब्वाइजबीच छ। झापाले अन्तिम खेलमा स्वयम्भुविरुद्ध हार बेहोरे पनि त्यसले उसको ‘बी’ डिभिजन यात्रालाई रोक्ने छैन। किनभने, अन्तिम खेलमा प्लानिङ ब्वाइजले ओएसिस र आरसी–३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई पराजित गर्दै अंक बराबरी गरे पनि झापा ‘हेड टु हेड’बाट शीर्ष दुईमा रहने पक्का छ। झापाले प्लानिङ ब्वाइज र आरसी–३२ विरुद्ध बराबरी खेलेको थियो भने प्लानिङ ब्वाइजले आरसी–३२ लाई पराजित गरेको थियो। त्यसैले यी तीन टिमबीचको प्रतिस्पर्धाका आधारमा ‘हेड टु हेड’मा झापा शीर्ष दुईमै रहनेछ। बाँकी दुई क्लबमध्ये एकले बाजी मार्ने निश्चित छ। 

यी क्लबबीच मैदानमा अंकको लागि तीव्र प्रतिश्पर्धा भए पनि दुवै क्लबका प्रमुख पदाधिकारीबीच गाढा मित्रता छ। यी दुई क्लबका मालिक आसन्न एन्फा निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ निकटका हुन्। आरसी–३२ सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्दको हो भने प्लानिङ ब्वाइज एन्फा केन्द्रीय सदस्य दावा लामाको हो। लामाले आसन्न निर्वाचनको लागि नेम्वाङ समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने चन्दले सदस्यमा।

यी दुई पात्र विवादबाट पनि मुक्त छैनन्। ‘बी’ र ‘सी’ डिभिजन क्लबको निर्वाचन प्रतिनिधि छनोट प्रक्रिया स्थगन गरिएपछि लामाले सातदोवाटोस्थित एन्फा मुख्यालयको निर्वाचन समितिको कक्षमा तोडफोड गरेका थिए। 

यता, पुल्चोक स्पोर्टस् क्लबसँग २–२ गोलको बराबरी खेलेसँगै चन्दसहित आरसी–३२  का खेलाडी र अफिसियल म्याच रेफ्री र अफिसियलविरुद्ध हातपातमा उत्रिएका थिए। त्यसपछि एन्फाको अनुशासन कमिटिले आरसी–३२ लाई १ लाख ५० हजार जरिवाना गरेको थियो। यस घटनामा संलग्न खेलाडी अनिश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ। त्यस्तै खेलाडीद्वय विदुर रिजाल र प्रविन राईलाई एक वर्षको प्रतिबन्ध लागेको छ।

एन्फाले चन्दलाई फुटबल गतिविधिमा एक वर्षको प्रतिबन्ध लगाएको थियो। अहिले एन्फा हाँकिरहेका कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ दुई विपरित ध्रवमा छन्। निर्वाचनको मिति जतिजति नजिकिँदै छ, यी दुई पनि आफू अनकूल नतिजा निकाल्न कम्मर कसेर लागेका छन्। यस्तो स्थितिमा जिल्ला बाहिरका क्लबका मतदातालाई प्रभावित पार्न नेम्वाङले ‘चन्द कार्ड’ चालेका हुन् कि भन्ने आशंका छ।

अर्कोतर्फ चन्द स्वयमले यसबारे उजुरी नदिनुले पनि मिलेमतोको प्रसंग उठाएर चुनावी फन्डा निकालेको आरोप लाग्नु गलत नहोला। यसबारे नेपाल लाइभसँग लिग निर्देशक मिश्रले मिलेमतोको उजुरी नपरेको जानकारी दिए। ‘उहाँ (चन्द)ले सामाजिक सञ्जालमा लेखेको कुरा थाहा छ। तर, कुन खेलमा मिलेमतो भएको हो भन्ने खुलाउनु भएको छैन र उजुरी पनि दिनु भएको छैन। उहाँले कुन खेलमा भयो, कहाँ भयो र कहिले भयो त भन्नु पर्योी नि,’ उनले भने,‘उजुरी आए हामीले छानबिन गर्ने हो। उजुरी नै नआए के–को आधारमा छानबिन गर्नु?’ उनले भने।

अहिले एन्फाले हरेक खेल लाइभ गर्ने गरेको छ। यसअघि पनि एन्फाले ‘सी’ डिभिजन छनोटको लाइभ दिएको थियो। सकेसम्म खेललाई निश्पक्ष बनाउनका लागि एन्फाले सिमित स्रोत र साधनको उपयोग गर्दै खेललाई मिलोमतोरहीत बनाउन लागि परेको मिश्र बताउँछन्। ‘पहिला हामीसँग टेक्नोलोजी भएन। क्यामेरा थिएन, केही नै थिएन। अहिले हरेक खेल रेकर्ड गरिएको छ। कसैले खेल जितिरहँदा कुरा नउठाउने र अन्ततिर पुगेपछि मिलेमतो भयो भनेर भन्छ भने आउनूस् भिडियो छ छानबिन गरौं। कता भएछ, के भएछ हामी हेर्छौं,’ उनले भने।

विगतमा ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब, बौद्ध फुटबल क्लब, न्युरोड टिम (एनआरटी) र च्यासल युवा क्लबले मिलेमतो गरेको तथ्य पनि छ। तर, अनुगमन गर्ने निकाय नहुनु र एन्फामा सोही क्लबका प्रतिनिधिको हालिमुहाली हुनुले त्यस्ता घटना सामसुम बनाइने गरेका थिए।

अहिले तथ्य परिवर्तन नभए पनि एन्फा जागरुक बनेको लिग निर्देशक मिश्र दाबी गर्छन्। ‘विगतभन्दा अहिले खेललाई निश्पक्ष बनाउन अनुगमन गर्ने निकाय बनाएका छौं। हामीसँग इन्टीग्रिटी विभाग छ। त्यसैले उजुरीको आधारमा छानबिन गर्छ र कारबाहीको प्रक्रिया अगाडि बढाउँछ। बिनाआधार होइन, आधार लिएर आउनुपर्छ,’ उनी भन्छन्।

उनले जे सुकै दाबी गरे पनि २०६२ सालयता भने मिलेमतोको विषय जोडतोडले उठिरहेको छ। तर, खेल हुँदासम्म चुपचाप बस्ने र अन्तिममा नतिजालाई नै फरक पार्ने स्थिति आएपछि भने सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोख्ने प्रवृत्ति एन्फा राजनीतिको प्रभाव हो कि बाध्यता बस् हो त्यो आरसी–३२ र चन्दले जवाफ दिनुपर्छ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्