complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

परिवारका सात जनाको मृत्युपछि माकलबारीदेखि धनुषासम्म शोक, आमाबुवालाई मुक्तिनाथ पुर्‍याउन पाएनन् राजनले

64x64
नेपाल लाइभ सोमबार, जेठ १६, २०७९  १२:१७
1140x725

काठमाडौं- धनुषाको मिथिला नगरपालिका-११ लोटा स्थायी घर भई काठमाडौंको जोरपाटीस्थित माकलबारी बस्दै आएका राजन गोलेले आइतबार बिहान ८ बजे पोखराबाट श्रीमती दीपालाई फोन गरे। उनले आफूहरु जोमसोमका लागि जहाज चढ्न लागेको बताएका थिए। राजनले आमा-बुवा, मामा-माइजुसहित परिवारका सात जनाको सामूहिक तस्बिर पनि श्रीमतीलाई पठाए। 

दीपाले जवाफमा 'शुभयात्रा' भनिन्। उनीहरु ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडे। परिवारका सदस्य पोखराबाट उडेपछि दीपा जोमसोमबाट श्रीमानको फोन आउने पर्खाइमा थिइन्। तर, उनको मोबाइलमा घन्टी बज्नुअघि सवा १० बजेतिर उनले जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको समाचारहरु सामाजिक सञ्जालमा भेटिन्। दीपा आत्तिइन्। हतारहतार मोबाइल निकालिन् र श्रीमानलाई फोन गर्न थालिन्। तर, श्रीमानको माेबाइलमा सम्पर्क हुन सकेन। 

विमानमा रहेका परिवारका अन्य सदस्यलाई पनि फोन गरिन्। तर, कसैसँग पनि सम्पर्क हुन सकेन। उनले पोखरादेखि धनुषासम्म रहेका आफन्तलाई फोन गरिन्। फोनमा दिपाले श्रीमान, सासु, ससुरासहितका परिवारका सदस्य जोमसोम हिँडेको विमान हराएको अरुलाई जानकारी गराइन्। उनले यो खबर गर्दासम्म विमान हराएको समाचारहरु छ्याप्छ्याप्ती भइसकेको थियो। 

गाडीमा जाने राजनको प्रस्ताव, विमान चढ्ने आमाको रहर
दीपाका श्रीमान् राजनले आमाबुवा लगायतसँग गाडीमा मुस्ताङ जाने प्रस्ताव गरेका थिए। आइतबार बिहान कुरा हुँदा पनि राजनले दिपालाई आफूले गाडीमा जान आमाबुबालाई आग्रह गरेको सुनाएका थिए।

काठमाडौंबाट आफ्नै गाडी मगाउने, अनि त्यसमा जाने प्रस्ताव गरेका थिए। त्यसो नभए पोखराबाटै एउटा गाडी रिजर्भ गरेर भए पनि उनको योजना थियो। तर, आमाबुवाको इच्छा र बेलायतमा रहेका भाइको चाहनामा उनको केही चलेन। 

बेलायत रहेका भाइले आमाबुवाको इच्छा अनुसार मुस्ताङ घुमाउन पैसा पठाएका थिए। जहाजमा नै जाने आमाको जोडबल थियो। 'हामीहरुको उमेर गइसक्यो। अब प्लेन चढिन्छ कि चढिदैँन' शोकमा रहेकी दीपाले आँशु पुछ्दै राजनले फोनमा भनेको कुरा सुनाइन्, 'त्यसपछि उहाँले प्लेनमा लिएर जानुभयो।'

राजनले आमा बुवासँग आफूलाई काठमाडौं फर्किनु पर्ने भएकाले पोखराबाट मुक्तिनाथ अरु आफन्तहरुसँग जान आग्रह पनि गरेका थिए। आमाबुवाले छोरासँगै जाने जिद्दी गरेपछि राजनले माकलबारीमा रहेकी श्रीमतीलाई फोन गरेर मुक्तिनाथ जाने कि भनेर सोधेका थिए। तर, दिपाले छोराछोरीको स्कुल चलिरहेकोले आफू नजाने बताइन्। 'तिमी पनि जाने भनेर सोध्नु भएको थियो' उनले भनिनन्, 'छोराछोरीको स्कुल छ, घरमा कोही हुँदैन, म जान्न बरु तपाईं पनि चाडैं फर्कनु भनेको थिएँ।' 

राजन र दीपाको अन्तरजातिय प्रेम विवाह भएको थियो। राजन गोले हुन् भने दिपा सुवेदी हुन्। उनीहरुका एक छोरा र छोरी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

श्रीमतीसँगको कुराकानी पछि राजन आमाबुवा, काकाकाकी र मामा माइजुसँगै जोमसोमसम्म जहाजमा गएर मुक्तिनाथ जाने भए। राजनसहित बुबा इन्द्रबहादुर, आमा राममाया, काका पुरुषोत्तम, काकी तुलसादेवी, मामा मकरबहादुर र माइजु सुकुमाया तामाङ तारा एअरको विमानमा मुक्तिनाथको यात्रामा निस्किए। 

फेला नपरुन्जेलको आश
आइतबार बिहान विमान वेपत्ता भएको समाचार सार्वजनिक भएसँगै दीपाको आँखा ओभानो छैन। डाँडैडाँडा भएको स्थान, त्यसमा पनि बाक्लो कुहिरो लागेको अवस्था। सिमसिम पानी परिरहेको बेलामा विमान हराएको समाचारहरु आउँदा उनी मुर्छित अवस्थामा पुगिन्। 

बेला बेलामा उनी मोबाइल हेर्थिन्। कतै राजनले फोन पो गरिहाल्छन् कि भन्ने आशा मारिसकेकी थिइनन्। आफू पनि बारम्बार राजनसहित परिवारका सदस्यलाई फोन लगाइरहन्थिन्। पाइलटको फोनमा घण्टी गइरहेको समाचारहरु आइरहँदा दीपालाई पनि राजनले फोन गरिहाल्छन् कि भन्ने आशा लागिरह्यो।

तर, सोमबार बिहान उनको आशा समाप्त भयो। जे नहोस् भन्ने थियो, त्यही भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोमबार बिहान उनका श्रीमान्, सासुससुरा, काकाकाकी, मामा माइजुसहित २२ जना सवार विमान मुस्ताङको थासाङ–२, सानोस्वारको पहाडमा क्षतविक्षत अवस्थामा भेटियो। खोजी तथा उद्धारका लागि गएको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेपछि त्यहाँका तस्बिरहरु सार्वजनिक भएका छन्।

केही शवहरु चिनिने अवस्थामा समेत नहरेको जनाइएको छ। जहाजमा सवारमध्ये १६ जना यात्रुको शव भेटिएको छ। अन्यको खोजी भइरहेको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताएका छन्। तारा एअरले आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटर विमान साढे १४ हजार फिटको उचाइमा दुर्घटनाग्रस्त भएको जनाएको छ।

एकै परिवारका सात जनाको विमान दुर्घटनामा ज्यान गएको खबरले धनुषासहित माकलबारी क्षेत्र शोकमा डुबेको छ। छरछिमेकी गोले परिवारलाई सान्त्वना दिन घरमा पुगेका छन्। बुवाआमासहित दाइ दुर्घटनामा परेपछि बेलायमा रहेका राजनका भाइ नेपाल आउँदै छन्।

सम्बन्धित समाचार :
क्षतविक्षत अवस्थामा भेटियो विमान, डोरीको सहायताले शव संकलन हुँदै [तस्बिरहरू]
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज
तारा एअरले भन्यो–विमान अझै अज्ञात छ, असान्दर्भिक फोटो तथा भिडियो प्रयोग नगरिदिनुहोस्
पुष्टि नहुँदै सामाजिक सञ्जालमा जिम्मेवार व्यक्तिबाट यात्रुलाई श्रद्धाञ्जली!
सम्पर्कविहीन तारा एअरको जहाजमा चालक दलसहित २२ जना थिए सवार

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्