काठमाडौं– नेपाल दाना उद्योग संघको अध्यक्षमा रविन पुरी चुनिएका छन्। आगामी २ वर्षका लागि पुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको।
हालै सम्पन्न संघको २१औं साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता नेपाल दाना उद्योग संघका अध्यक्ष पुरीले गरेका थिए।
अध्यक्ष पुरीले नेपाल दाना , कुखुराको चल्ल्ला, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर भए पनि मुख्य कच्चा पदार्थ मकै तथा भटमासको पिना आयात ग्नुपर्ने वाध्यता रहेको बताए।
हाल उक्त कच्चापदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अकासिएसँगै भन्सार दरका कारण झन मारमा परेको हुनाले नेपाल मकै र भटमासको पिनामा आत्मनिर्भर नहुन्जेलसम्म भन्सार महसुल घटाई १.६ प्रतिशत कायम गर्ने, नेपालमै खेती प्रोत्साहन ग्र्ने कार्यक्रम ल्याउन सरकारी संयन्त्रको ध्यानाकृष्ट गरे।
उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका विशिष्ट सदस्य डा. तिलचन्द्र भट्टराईले नेपालको कुखुरापालन उद्योग अनेक आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको, उद्योगले नवीनतम प्रविधि अँगालिरहेको र प्रतिव्यक्ति अण्डा उपलब्धता ७२ तथा मासु ६.१ केजी रहेको जानकारी गराए।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री यादवले मकै तथा भटमासको खेतीमा मन्त्रालयले उचित पहल लिने आश्वासन दिए।
उनले समय सापेक्ष कृषि नीति बनाउन पहल ग्रिरहेको र नेपाल दाना उत्पादन, कुखुरा उत्पादन र अण्डा उत्पादनमा आत्मनिर्भर भएकोमा गर्व गर्दै यस क्षेत्रको विकासका लागि उचित व्यवस्थापन गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।