काठमाडौं- सरकारले प्रदेश र स्थानीय तहमा स्वास्थ्यका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै प्रदेश र स्थानीय तहमा बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्। उनका अनुसार सातवटै प्रदेशमा ६ अर्ब ३६ करोड बजेट विनियोजन गरिएको छ भने स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको छ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड विनियोजन गरिएको छ। सरकारले अस्पतालहरुको पुनःनिर्माण देखि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाइने समेत उल्लेख गरेको छ। आगामी आर्थिक वर्ष भित्रमा ६५५ निर्माधीन स्थानीय तहका अस्पताल निर्माणका लागि पनि बजेट विनियोजन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।