काठमाडौं– सरकारले शिक्षकहरूका लागि अलग्गै अस्पताल निर्माण गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०७९÷८०का लागि सरकारले पेस गरेको बजेटमा शिक्षक अस्पताल निर्माण अघि बढाइने उल्लेख छ।
अलग्गै अस्पताल निर्माण गर्नेभन्दा भएका सरकारी अस्पतालहरूलाई सुधार गनुपर्ने आवाज आइरहँदा सरकारले भने अस्पताल निर्माणको घोषणा गरेको हो।
अहिले निजामती अस्पताल भएजस्तै शिक्षकहरुका लागि सुविधा दिन यस्तो अस्पताल निर्माण गर्न सरकारले बजेटको व्यवस्था गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।