काठमाडौं– सरकारले गम्भिर प्रकृतिका दीर्घरोगीको उपचारका लागि अनुदान दिन डेढ अर्ब बजेट विनियोजन गरेको छ।
आइतबार संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मिर्गौला प्रत्यारोपण, सबै प्रकारका क्यान्सर, मेरुदण्ड, पक्षघातलगायतका बिरामीलाई अनुदान दिन सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
यस्ता बिरामीहरूलाई सरकारले मासिक ५ हजारका दरले वितरण गर्नेगगरी अनुदान रकम छुट्याइएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।