काठमाडौं- मानव विकासमा पछि परेका २५ जिल्लाका महिलाहरुले सुत्केरी भत्ता पाउने भएका छन्।
उनीहरुलाई एकमुस्ट ५ हजार रुपैयाँ दिने घोषणा बजेटमार्फत् गरिएको छ।
बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने, 'मातृशिसु स्वास्थ्य सुरक्षा कार्यक्रमको रकम वृद्धि गरेको छु। मानव विकास सूचाकंमा पछि परेका २५ जिल्लाकका विपन्न परिवारलाई एकमुष्छ पाँच हजार पोषण खर्च उपलब्ध गराउने व्यवस्था मिलाएको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।