काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय श्रम प्रतिष्ठान गठन गर्ने बताएको छ।
संघीय संसदमा आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन्।
'उद्योग तथा व्यवसायका क्षेत्रमा सुमधुर श्रम सम्बन्ध स्थापना ,सामूहिक सौदावाजी प्रर्वद्वन, रोजकार दाता र श्रमिक बीच मेलमिलाप स्थापना, श्रम निरक्षणको प्रभाकारिता अभिवृद्वि, श्रम बजारको अध्ययन र अनुसन्धान तथा श्रमिक हरूको शिप विकास र कल्याणकारी कार्य संचालनमा नेतृत्वदायि भूमिका निर्वाह गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिनेछ', शर्माले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।