काठमाडौं– प्रत्येक वर्ष रोजगार सेवा केन्द्रमार्फत् २ लाख नागरिकलाई रोगजार प्रदान गरिने बताइएको छ।
आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रोजगार सेवा केन्द्रमार्फत २ लाख बेरोजगार नागरिकलाई रोजगार बनाइने बताए ।
रोजगारका लागि नागरिकलाई सीपमुलक व्यवसायिक तालिम सञ्चालन दिइने बताइएको छ। त्यस्तै प्रधानमनत्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।