काठमाडौं- श्रमिक तथा न्यून आय भएकाहरुलाई लक्षित गरेर सरकारले हरेक स्थानीय तहमा सुपथ मूल्य सपल सञ्चालन गर्ने भएको छ। सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका भएको हो।
सरकारले उनीहरुका लागि खाद्य सुरक्षा परिचय पत्र व्यवस्था गर्ने बताइएको छ। सुपथ मूल्यका पसल हरेक स्थानीय तहमा सञ्चालन गरी परिचय पत्रका आधारमा खाद्य सामग्री सुपथ मूल्यमा प्राप्त हुने अर्थमन्त्री जनार्दन शर्माले उल्लेख गरेका छन्।
बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले भने, 'श्रमिक तथा न्युन आय भएकाहरुको खाद्य अधिकार सुनिश्चित गरिनेछ। उनीहरुलाई कार्डको व्यवस्था गरिनेछ। हरेक स्थानीय तहमा उनीहरु लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।