काठमाडौं- सरकारले घर जग्गाको कारोबार आधिकारिक निकायबाट अनुमति पाएको व्यक्ति र कम्पनीले मात्र पाउने व्यवस्था गरेको छ। आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले यस्तो व्यवस्था गरेको जानकारी दिए।
घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले यस्तो व्यवस्था गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए । संघीय संसदमा बजेट पेस गर्दै अर्थमन्त्री शर्माले घरजग्गा कारोबारका लागि आधिकारिक निकायबाट अनुमति भएको व्यक्ति र कम्पनीले मात्र पाउने व्यवस्था गरिने बताए।
आगामी आर्थिक वर्षमा महानगर र उपमहानगरमा लागू गरिने अनि क्रमश सवै स्थानीयतहमा यो लागू हुने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।