काठमाडौं– सर्वोच्च अदालतले नबनाउन आदेश दिएको निजगढको अन्तराष्ट्रिय विमानस्थलका लागि सरकारले बजेट छुट्याएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने बताएका हुन्।
त्यस्तै, सुर्खेतका रामघाटमा प्रादेशिक विमानस्थल बनाइने, आर्थिक तथा हवाइ सेवाको गुणस्तर विकास गरिने पनि बताइएको छ। उदयपुरमा विमानस्थलको निर्माण अघि बढाइने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।