काठमाडौं– आगामी आर्थिकको बजेटमा हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैंयाँ विनियोजन गरिएका छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरिरहेको बजेटमा आगामी आर्थिक वर्षमा हवाई पूर्वाधार विकासका लागि यो रकम छुट्याइएको उनले बताएका हुन्।
हवाई पूर्वाधार विकासअन्तर्गत सरकारले आगामी वर्ष उदयपुरमा विमानस्थलको निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख भएको अर्थमन्त्री शर्माले बताएका छन्। यो सँगै विभिन्न क्षेत्रमा भएका विमानस्थलको स्तरोन्नती गरिने र आन्तरिक हवाई सेवालाई गुणस्तरिय बनाउने पनि बजेटमा उल्लेख गरिएका शर्माले बताएका छन्।
हाल अर्थमन्त्री शर्मा बजेट प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।