काठमाडौं– आगामी आर्थिकको बजेटमा काठमाडौंमा नेवा: संग्रहालय स्थापना गरिने उल्लेख गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरिरहेको बजेटमा काठमाडौंमा नेवा: संग्रहालय स्थापना गर्ने उल्लेख गरेका हुन्।
त्यस्तै, बजेटमा पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने पनि उल्लेख छ।
अर्थमन्त्री शर्माले भने, ‘काठमाडौं महानगरपालिकासँगको समन्वयमा एक नेवा: संग्रहालयका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गरिनेछ।’
बजेट भाषण जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।