काठमाडौं– आगामी आर्थिकको बजेटमा भूकम्पबाट क्षति ग्रस्त पुरातात्विक सम्पदाको पुर्न निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गर्न रु २ अर्ब विनियोजन गरिएको छ।
बजेटमा भनिएको छ– भूकम्पबाट क्षति पुगेका पुरातत्विक सम्पदाको पुन निर्माणको कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न २ अर्ब विनियोजन गरेको छु।
त्यस्तै, पर्यटकिय पुर्वाधारको विकासमा निजि क्षेत्रको लगानी आकिर्षित गरिने बजेटमा उल्लेख छ। स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड विनियोजन गरिएको शर्माले बताए।
उनले भने, ‘स्थानीय तहको लागत साझेदारीमा २१६ स्थानमा सञ्चालित पर्यटन पूर्वाधार विकास कार्यक्रमको लागि ९० करोड विनियोजन गरेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।