काठमाडौं– आगामी आर्थिकको बजेटमा सूचना तथा प्रविधिमा आधारित सेवा तथा व्यवसायलाई निर्यातमा प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरिरहेको २०७९/२०८० को बजेटमा सूचना प्रविधिमा आधारित सेवालाई निर्यात प्रवर्द्धन गरिने र यस्तो वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिइने उल्लेख गरिएको छ।
बजेटमा भनिएको छ ‘उच्च निर्यात सम्भावना भएका क्लिङ्गर, सिमेन्ट, स्टिल, फुडवेयर, प्रशोधिक पानी लगायतका वस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा विज्नेस प्रोसेसिङ तथा आउटसोर्सिङजस्ता सेवाहरु पहिचान गरि निर्यात प्रवर्द्धन गरिनेछ। यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था मिलाएको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।